प्रहार समाचार । धादिङ, ११ फागुन २०८२ सोमबार । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसिगौडामा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। दुर्घटना आज मध्यराति करिब साढे १ बजे भएको हो।

पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस सडकबाट खस्दै त्रिशूली नदी किनारमा पुगेको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयबासी, सुरक्षाकर्मी र उद्धार टोलीले घाइतेहरूको उद्धार गरेका थिए।
घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ। मृतक तथा घाइतेको सनाखत हुन बाँकी रहेको छ। दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ।



























