प्रहार समाचार । दुबई (यूएई), ९ फागुन २०८२ शनिबार । वैदेशिक भूमिमा नेपाली स्वाद, संस्कार र पहिचानलाई स्थापित गर्ने उद्देश्यसहित बर दुबईस्थित सिन्दघा सिटी सेन्टरमा नयाँ नेपाली रेस्टुरेन्ट स्टर मा म रेष्टुरेन्ट औपचारिक रूपमा सञ्चालनमा आएको छ।

नेपाली जनसम्पर्क समिति युएईका सभापति तथा नेपाली कांग्रेसका महासमिति सदस्य भुवानी प्रसाद तिमल्सिना र एनआरएन मध्यपूर्व युवा संयोजक तथा महासमिति सदस्य विकास शाहीको संयुक्त लगानीमा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो।
व्यवसाय सुरु गरेको प्रति खुशी व्यक्त गर्दै नेपाली जनसम्पर्क समिति यूएईका वरिष्ट उपसभापति अमर रानाभाटले वैदेशिक भूमिमा नेपालीले थालेका यस्ता उद्यमले रोजगारी सिर्जना गर्नुका साथै नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने बताए। उनले “विदेशमा पसिना बगाइरहेका नेपालीका लागि यस्तो व्यवसाय केवल आयको स्रोत मात्र होइन, स्वाभिमान र संस्कृतिको प्रतिनिधि पनि हो,” भन्दै सञ्चालकद्वयलाई व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रममा रेस्टुरेन्टका सञ्चालक भुवानी प्रसाद तिमल्सिनाले ‘स्टार म म नाफामुखी मात्र नभई नेपालीपन बोकेको अभियान भएको स्पष्ट पारे। “विदेशमा बसेर पनि स्वदेशको स्वाद खोज्ने नेपालीको भावना बुझेर हामीले यो रेस्टुरेन्ट सुरु गरेका हौँ,” उनले भने, “शुद्ध सामग्री, स्वच्छता र मौलिक नेपाली स्वादमा कुनै सम्झौता हुँदैन।” उनले विशेषगरी नेपाली मःमःको वास्तविक स्वादलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष चिनाउने लक्ष्य रहेको बताए।
अर्का सञ्चालक विकास शाहीले युवाको सोच, लगानी र सामूहिक प्रयासबाट विदेशमा पनि नेपाली व्यवसाय सफल हुन सक्छ भन्ने उदाहरण ‘स्टार म म’ भएको उल्लेख गरे। “यो रेस्टुरेन्ट नेपाली युवाको आत्मविश्वास र सम्भावनाको प्रतिफल हो,” उनले भने, “ग्राहक सन्तुष्टि, गुणस्तरीय सेवा र निरन्तर सुधार नै हाम्रो मुख्य प्राथमिकता रहनेछ।”

‘नेपालको प्रामाणिक स्वाद’ नारासहित सञ्चालनमा आएको ‘स्टार म म’ रेस्टुरेन्टमा विभिन्न प्रकारका नेपाली मःमः, परम्परागत नेपाली स्वाद झल्किने खानाका परिकार तथा सबै उमेर समूहका ग्राहकलाई लक्षित मेनु समेटिने जनाइएको छ। दुबईको व्यस्त बजारबीच नेपाली स्वादको भरोसायोग्य गन्तव्य बन्ने अपेक्षासहित ‘स्टार म म’ ले आफ्नो औपचारिक यात्रा सुरु गरेको छ



























