हेडलाईनसमाचारदेवघाटगण्डकी

तनहुँमा भरुवा बन्दुक सहित समातिए दुई युवक

प्रहार समाचार । तनहुँ, ६ फागुन २०८२ बुधबार । तनहुँको देवघाट गाउँपालिकास्थित रिस्ती खोलाबाट अवैध हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गस्तीका क्रममा शंकास्पद गतिविधि देखिएपछि खानतलासी गर्दा अवैध भरुवा बन्दुक र बारुद बरामद भएको प्रहरीले जनाएको छ।

यहि फागुन ३ गते बिहान इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरी टोलीले देवघाट गाउँपालिका–४स्थित रिस्ती खोलामा गस्ती गर्ने क्रममा दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ४० वर्षीय पूर्ण बहादुर गुरुङ र २४ वर्षीय अर्जुन गुरुङ रहेका छन्। उनीहरूको साथबाट दुई नाल भएको एक नाले भरुवा बन्दुक, १३ ग्राम ५०० मिलिग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ र केही फलामका टुक्रा बरामद गरिएको ल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक श्रवण कुमार विकले जानकारी दिए ।

बरामद हतियार अवैध रहेको पुष्टि भइसकेको छ भने यसको प्रयोग वा ओसारपसारका विषयमा थप अनुसन्धान भइरहेको छ। नियन्त्रणमा लिइएका दुवै जनामाथि तनहुँ जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।


जिल्लामा शान्ति सुरक्षा कायम राख्न अवैध हतियारविरुद्ध कडाइका साथ निगरानी भइरहेको प्रहरीले जनाएको छ। प्रहरी प्रशासनले यस्ता गतिविधि देखे वा जानकारी भए तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button