हेडलाईनसमाचारघिरिङगण्डकीऋषिङभिमादम्याग्देशुक्लागण्डकी

“भूगोल नबुझेको प्रतिनिधिले विकास गर्न सक्दैन ।”- सिग्देल

प्रहार समाचार । तनहुँ, ६ फागुन २०८२ बुधबार । आसन्न प्रतिनिधि सभा सदाय नेकपा ( एमाले ) तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार केदार सिम्हेलले भूगोल नबुझेको प्रतिनिधिले विकास गर्न नसक्ने बताएका छन् । तनहुँको भिमाद नगरपालिका वडा नं १ किउँमा जन्मेका सिग्देलले भिमाद नगरपालिकाकाे विभिन्न वडाहरुका जनताको घरदैलो कार्यक्रममा उक्त कुरा बताएक हुन् ।

एमालेका सादगी नेताको रूपमा परिचित सिग्देलले तनहुँ क्षेत्र नं २ का मतदातालाई सचेत भएर जनप्रतिनिधि छान्न आग्रह गरेका छन्। न सिग्देलले चुनावी अभियानअन्तर्गत भीमाद नगरपालिकाको भानुमति लगायत विभिन्न बस्तीमा भएको जनतासँगको भेटघाट कार्यक्रममा यस्तो धारणा राखेका हुन्।
उनले तनहुँ क्षेत्र नं २ मा एमालेले विगतमा देखिने र अनुभूति हुने गरी विकास गरेको दाबी गर्दै उत्तर–दक्षिण जोड्ने जरेवरदेखि रिट्टाभन्ज्याङ हुँदै सिमलभञ्याङ–मानपुर मार्गको स्तरोन्नति र कालोपत्रे योजनालाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको बताए। “यो मार्ग स्तरोन्नतिका लागि पहिल्यै पहल भएको थियो, तर हालका जनप्रतिनिधिले तदारुकता नदेखाउँदा योजना अलपत्र परेको छ,” सिग्देलले भने, “भूगोलसँग भिजेको प्रतिनिधि भए मात्र यस्ता समस्या समाधान हुन्छन्।”


एमाले नेतृत्वमा रहँदा विकास निर्माणका कामले तीव्रता पाएको उल्लेख गर्दै सिग्देलले अहिले चुनावको मुखमा भएका कामको जस लिन खोज्ने प्रवृत्ति बढेको बताए। “एमालेले गरेको कामको जस लिन होड चलेको छ, त्यसमा जनता चनाखो हुनुपर्छ,” उनले भने, “चुनावको बेला कनिका छरेझैँ छरेर भ्रम फैलाउने काम भइरहेको छ।”


भूगोल र जनतासँग कुनै साइनो नभएका व्यक्तिहरूले चुनावका मुखमा स-साना सामग्री बाँडेर मतदातालाई छल्ने प्रयास गरिरहेको आरोप सिग्देलले लगाए। उनले एमालेका अघिल्ला जनप्रतिनिधिले यस क्षेत्रमा करोडौँ रुपैयाँका योजना विनियोजन गरी पुल, सडक र अन्य पूर्वाधार निर्माण गरेको स्मरण गराए। “दोभानको पुल, क्याक्मीको पुल होस् वा बाटोघाटो—यी सबै एमालेको पालामा बनेका हुन्,” उनले भने।


अधुरा वा नभएका कामको दोष एमालेमाथि थोपर्ने अराजनीतिक प्रयास भइरहेको उल्लेख गर्दै सिग्देलले त्यसलाई जनताले चिर्नुपर्ने बताए। “यथार्थ बुझेर निर्णय गर्ने समय आएको छ,” उनले भने, “जनताको सामिप्यता, भूगोलको ज्ञान र काम गर्ने क्षमताका आधारमै जनप्रतिनिधि छान्नुपर्छ।” अन्त्यमा उनले बाँकी रहेको विकास निर्माणलाई अगाडि बढाउन पुनः एमालेका उम्मेदवारलाई जिताउन मतदातासँग अपिल गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button