हेडलाईनसमाचार

तनहुँमा तीन दिन प्रजातन्त्रको उत्सव : सरसफाइदेखि शहीद सम्मानसम्म

प्रहार समाचार । तनहुँ, ५ फागुल २०८२ मङ्गलबार ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ तनहुँमा औपचारिकतामा सीमित नराखी नागरिक सहभागितामूलक कार्यक्रमसहित मनाइने भएको छ। फागुन ६ गतेदेखि ८ गतेसम्म तीन दिन चल्ने दिवसलाई जिल्लाले सरसफाइ, स्वास्थ्य सेवा, दीपावली र शहीद सम्मानसँग जोडेर मनाउने तयारी गरेको हो।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

दिवसको सुरुवातसँगै साँझपख सरकारी कार्यालय, गैरसरकारी संस्था, राजनीतिक दलका कार्यालय तथा निजी क्षेत्र उज्यालो बनाइनेछ। नागरिकलाई प्रत्यक्ष जोड्ने उद्देश्यसहित फागुन ६ गते बिहान ७ बजे व्यास नगरपालिकाको संयोजनमा अनसन चौतारी, खुल्ला मञ्च र शिव पञ्चायन मन्दिर आसपास विशेष सरसफाइ गरिनेछ। फागुन ८ गते भने सबै सरकारी कार्यालयमा अनिवार्य सरसफाइ कार्यक्रम तय गरिएको छ।


प्रजातन्त्र दिवसको मुख्य दिन फागुन ७ गते बिहान ७ बजे दमौलीको अनसन चोकमा झण्डोत्तोलन गरिनेछ। त्यसलगत्तै बिहान ७:३० देखि ९:०० बजेसम्म नागरिकका लागि निःशुल्क स्वास्थ्य जाँच सञ्चालन हुनेछ। सोही दिन बन्दीपुरस्थित शहीद पार्कमा शहीदहरूको सालिकमा माल्यार्पण गरी बलिदानको स्मरण गरिने कार्यक्रम पनि राखिएको छ।
समापनतर्फ फागुन ८ गते बिहान ९ बजे तनहुँ उद्योग वाणिज्य संघको संयोजनमा दमौली अस्पतालका बिरामीलाई फलफूल वितरण गरिनेछ। त्यसैदिन बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय तनहुँमा विशेष समारोह आयोजना गरी विभिन्न आन्दोलनका शहीद परिवार, बेपत्ता व्यक्तिका परिवार तथा घाइतेहरूलाई सम्मान गरिने कार्यक्रम रहेको छ।
जिल्ला प्रशासनका अनुसार यस वर्षको प्रजातन्त्र दिवस ‘स्मरण, सेवा र सम्मान’लाई केन्द्रमा राखेर मनाइँदैछ। तीन दिनका कार्यक्रममार्फत लोकतान्त्रिक मूल्यको सम्मानसँगै समुदायप्रति जिम्मेवारी बोध गराउने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button