आँबुखैरेनीहेडलाईनव्यासभानुसमाचारबन्दीपुरदेवघाटगण्डकी

नेपाली कांग्रेस तनहुँ १ का उम्मेदवार भट्टराईद्वारा पाँच वर्षे विकासको खाका प्रस्तुत

प्रहार समाचार । तनहुँ, ५ फागुन २०८२ मङ्गलबार । तनहुँ क्षेत्र नम्बर–१ नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले चुनावी नाराभन्दा फरक ढंगले पाँच वर्षे विकास खाका सार्वजनिक गरेका छन् । दमौलीमा आयोजित चुनावी सभामा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, लगायत तनहुँका नेताहरुले संयुक्त रूपमा भट्टराईको प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।


‘५ पालिका, अबका ५ वर्ष, तनहुँका लागि’ भन्ने मूल संकल्पसहित सार्वजनिक गरिएको रोडम्यापलाई भाषणमुखी भन्दा काममुखी बनाइएको दाबी गरिएको छ। योजनामा सुशासन, समुन्नति र समृद्धिलाई पाँचवटा मिसनका रूपमा राखिएको छ भने सुलभ स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा र डिजिटल तनहुँ निर्माणलाई प्रमुख दायित्वका रूपमा समेटिएको छ। कांग्रेसले यसलाई घोषणापत्रभन्दा फरक, प्रतिवद्धताको दस्तावेजका रूपमा प्रस्तुत गरेको छ।


ठूला पूर्वाधारतर्फ मादी जलाशय, विश्वविद्यालय स्थापना र धार्मिक रिङरोडजस्ता मेगा प्रोजेक्टलाई प्राथमिकतामा राखिएको छ। साथै ‘युथ फर तनहुँ’ कार्यक्रम, घर–घरमा खानेपानी र वैज्ञानिक कृषि विस्तारलाई तत्काल कार्यान्वयन हुने कामको सूचीमा समावेश गरिएको छ। सभामा बोल्दै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले यो योजना चुनाव जित्नका लागि होइन, तनहुँको भविष्य बदल्नका लागि तयार गरिएको स्पष्ट मार्गचित्र भएको बताए।


उम्मेदवार भट्टराईले आफू निर्वाचित भए प्रतिबद्धता अक्षरसः कार्यान्वयन गर्ने अठोट व्यक्त गर्दै तनहुँलाई देशकै नमूना क्षेत्र बनाउने दाबी गरे । ग चुनावी भाषणभन्दा फरक, कामको सूचीसहित प्रस्तुत यो रोडम्यापलाई मतदाताले कसरी ग्रहण गर्छन् भन्ने चासो अहिले तनहुँ–१ मा केन्द्रित बनेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button