हेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटघिरिङगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँ–१ का स्वतन्त्र उम्मेदवार जोशीले खडा गरे ५ सय १ सदस्यीय कमान्ड

प्रहार समाचार । तनहुँ, ४ फागुन २०८२ सोमबार । आसन्न प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले चुनावी मैदानलाई पूर्ण रूपमा नियन्त्रणमा लिने रणनीति अघि सारेका छन्। उनको पक्षमा माहोल बनाउन ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ, जसले क्षेत्रगत रणनीति, मतदाता सम्पर्क र मतदान दिनको व्यवस्थापनसम्मको कमान्ड सम्हालेको छ ।

अभियानलाई कागजमै सीमित नराखी घरदैलोमै पुर्‍याउने उद्देश्यले क्षेत्रका १ सय ५३ वटै मतदान केन्द्रमा प्रति केन्द्र चार जनाका दरले ६ सय १२ बुथ प्रतिनिधि परिचालन गरिएको छ । ती प्रतिनिधिहरूले मतदातासँग प्रत्यक्ष संवाद गर्ने, चुनाव चिन्ह ‘कैँची’ मा मतदान गर्ने तरिका बुझाउने र मतदाता शिक्षालाई व्यवहारमै उतार्ने जिम्मेवारी पाएका छन्।


मतदानको दिन एक–एक मत सुरक्षित गर्ने लक्ष्यसहित प्रतिनिधिहरूलाई मतदातालाई मतदान केन्द्रसम्म सहज पहुँच दिलाउने भूमिकामा पनि खटाइने छ। “परिवर्तनका लागि कैँची” भन्ने सन्देश बोकेर अहिले अभियान गाउँ–टोल हुँदै घर–घरमा पुगेको छ।


अभियानमा सक्रिय एक सदस्यका अनुसार, “हाम्रो मुख्य उद्देश्य मतदातालाई सचेत र उत्साहित बनाउँदै प्रत्येक मत सुरक्षित गर्नु हो। व्यवस्थित संरचना र जनताबाट प्राप्त विश्वासले यसपटक तनहुँ–१ मा परिवर्तन निश्चित छ।” ठेट भाषामा भन्दा, तनहुँ–१ मा यो चुनाव अब भाषणको होइन, ग्राउन्ड लेभलको संगठन र मत सुरक्षित गर्ने प्रतिस्पर्धामा प्रवेश गरिसकेको देखिन्छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button