हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँ बदल्ने संकल्पसहित गोविन्द भट्टराईले मतदातासँग गरे यस्तो अपिल

प्रहार समाचार । तनहुँ, ३ फागुन २०८२ आइतबार । नेपाली कांग्रेसको तर्फबाट तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेदवार गोविन्द भट्टराईले जिल्लावासी मतदातासँग विकास र रुपान्तरणको यात्रामा साथ दिन अपिल गरेका छन्। उनले तनहुँ अहिले निर्माणको एउटा महत्वपूर्ण संघारमा रहेको उल्लेख गर्दै अब देशसँगै तनहुँलाई पनि बदल्नुपर्ने बेला आएको बताएका छन्। नेपाली कांग्रेस भित्र देखिएको परिवर्तन र नयाँ सोचले मुलुकलाई रुपान्तरणतर्फ लैजाने उनको भनाइ छ।

भट्टराईले आज एक अपिल मार्फत आफू यही माटोमा जन्मिएर हुर्किएको नाताले तनहुँको यथार्थ, सम्भावना र चुनौती आफूले राम्ररी बुझेको बताएका छन्। उनले तनहुँ क्षेत्र नं १ का बुबाआमा, दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाको जीवनमा प्रत्यक्ष सुधार ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनको भनाइ छ—’शिक्षा र स्वास्थ्य सेवामा व्यापक सुधार गर्दै सबैको पहुँच सुनिश्चित गरिनेछ भने व्यवसायीका लागि अनुकूल वातावरण सिर्जना गरी रोजगारीका अवसर बढाइनेछ।’


उनले तनहुँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै पूर्वाधार सुधारमार्फत स्थानीय अर्थतन्त्रमा कायापलट गर्न सकिने बताएका छन्। देशका नीति निर्माण हुने तहमा तनहुँको आवाज मजबुत रूपमा प्रतिनिधित्व गर्ने उनले अपिल गरेका छन्। यसपटक ‘रुख’ चिन्हमा मतदान गरेर आफ्ना आवाज सदनसम्म पुर्‍याउन सहयोग गर्न उनले मतदातासँग आग्रह गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button