हेडलाईनव्याससमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँमा काँग्रेसको चुनावी सरगर्मी, उपसभापति विश्वप्रकाश शर्मा भोलि दमौली आउने

प्रहार समाचार । तनहुँ, ३ फागुन २०८२ आइतबार । नेपाली काँग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै तनहुँमा विशेष चुनावी कार्यक्रम आयोजना गर्ने भएको छ। भोलि फाल्गुन ४ गते सोमबार दिउँसो १ बजे नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्मा तनहुँको सदरमुकाम दमौली आइपुग्ने कार्यक्रम तय भएको छ। पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र चुनावी रणनीतिमा केन्द्रित रहने यो कार्यक्रमले जिल्लाको राजनीतिक माहोल थप तातेको छ।

दमौली सभाहलमा दिउँसो ठीक २ बजे सुरु हुने उक्त कार्यक्रममा नेपाली काँग्रेस तनहुँ जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति र महाधिवेशन प्रतिनिधि, क्षेत्रीय समिति, पालिका तथा वडा कार्यसमितिका पदाधिकारी–सदस्य, क्षेत्रीय प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ। विशेष गरी जिल्लाका प्रत्येक निर्वाचन बुथका लागि तोकिएका संयोजक तथा सदस्य, साथै वडास्तरमा बुथ व्यवस्थापनको जिम्मेवारी पाएका कार्यकर्ताको अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।


नेपाली काँग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेका अनुसार, कार्यक्रमलाई चुनावी अभियानको महत्वपूर्ण कडीका रूपमा लिइएको छ। “उपसभापति शर्माको उपस्थितिले कार्यकर्तामा उत्साह थपिने र बुथस्तरसम्म संगठनलाई मजबुत बनाउने सन्देश जानेछ,” उनले बताए। स्थानीय तहदेखि केन्द्रसम्मको एकताबद्ध सहभागिताले तनहुँमा काँग्रेसको चुनावी तयारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button