हेडलाईनभानुसमाचारगण्डकीमनोरञ्जन

तनहुँको भानुकी चेली गुरुङलाई नारेश्वरटारमा स्वागत

प्रहार समाचार । तनहुँ, ३ फागुन २०८२ आइतबार । राष्ट्रिय गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ७ को फाइनलिस्टमा पुग्न सफल तनहुँको भानु नगरपालिकाकी पुनम गुरुङलाई जन्मथलो भानु नगरपालिका–२, नारेश्वरटारम स्वागत गरिएको छ। गाउँकै छोरीले राष्ट्रियस्तरको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेपछि उनलाई स्वागत गरिएको हो ।

स्थानीयवासी, शुभेच्छुक र आफन्तजनले फूलमाला लगाएर गुरुङको सम्मान गर्दै सामान्य गाउँबाट राष्ट्रिय मञ्चसम्म पुगेर आफ्नो स्वर र मेहनतको बलमा पहिचान बनाउनु पुनमको मात्र सफलता नभई सिंगो भानु क्षेत्रकै गौरव भएको स्थानीयहरूको भनाइ छ ।

स्वागतको क्रममा पुनम गुरुङले आफूलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने परिवार, गुरु, शुभेच्छुक र सम्पूर्ण गाउँप्रति आभार व्यक्त गरिन्। गाउँकै माया, हौसलाले नै राष्ट्रिय मञ्चसम्म पुग्न ऊर्जा दिएको बताउँदै उनले आगामी दिनमा अझ मेहनतका साथ संगीत यात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्। पुनमको सफलताले ग्रामीण भेगमा लुकेका प्रतिभालाई अगाडि बढ्न प्रेरणा मिलेको स्थानीय अगुवाहरूले बताएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button