प्रहार समाचार । तनहुँ, २ फागुन २०८२ शनिबार । तनहुँको व्यास नगरपालिका–४, दमौली निवासी ‘प्रताप आर्टस’का सञ्चालक प्रताप श्रेष्ठको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आज बिहान अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई दमौलीस्थित रत्नहरि मेमेरिया अस्पताल लगिएको थियो। उपचारकै क्रममा उहाँको त्यहीँ निधन भएको थियो । श्रेष्ठको निधनले दमौलीको एक कुशल, इमानदार र परिश्रमी व्यवसायी गुमाएको अनुभव गरिएको छ।

लामो समयदेखि दमौलीमै बसेर आर्ट व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठ सरल र शान्त स्वभावका थिए। मेहनत र इमानदारीलाई मूल आधार बनाएर व्यवसाय गर्दै आएका उनि स्थानीय कलाकारिता र साना व्यवसायको विकासमा निरन्तर सक्रिय रहँदै आएका थिए। सहकर्मी र ग्राहकबीच विश्वासको प्रतीक बनेका श्रेष्ठको योगदानलाई दमौलीका व्यवसायी र कलाकारहरूले उच्च सम्मानका साथ सम्झेका छन्।
उनको असमायिक निधनले तनहुँको कलाकारिता र कुशल व्यावसायिक क्षेत्रले अपूरणीय क्षति व्यहोर्नुपरेको स्थानीयहरूको भनाइ छ। शोकको यस घडीमा परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ । विशेष कारणले श्रेष्ठको शवलाई अहिले प्रदेश अस्पताल दमौलीमा राखिएको र पर्सी ( सोमबार ) मात्र अन्तिम कर्म गरिने पारिवारिक श्रोतले प्रहार समाचारलाई बताएकाे छ ।




















