प्रहार समाचार । तनहुँ, २ माघ २०८२ शनिबार । तनहुँको छाब्दीका युवा सामाजिक अभियन्ता अबिनश पन्थको नेतृत्वमा प्रेम दिवसलाई यसपटक व्यवहारमै उतारिएको छ। व्यास नगरपालिका–१० मा बस्दै आएका एक विपन्न वृद्धको जर्जर जीवनमा सहारा दिन स्थानीय युवाहरू जुटेका हुन्।

आर्थिक अभावका कारण टुटेको ढोका र असुरक्षित घरमा दिन काटिरहेका ती वृद्धको घरमा दुई वटा ढोका जडान गरिनुका साथै लत्ताकपडा र खाद्यान्न सामग्री प्रदान गरिएको अभियन्ता पन्थले बताए। न्यूनतम सुरक्षा र दैनिकी सहज बनाउने उद्देश्यले गरिएको सहयोगले वृद्धको अनुहारमा आशा र खुशीको किरण देखिएको छ ।
लामो समयदेखि असहज परिस्थितिमा बस्दै आएका वृद्धलाई सुरक्षित आवासको अनुभूति दिलाउन स्थानीय युवाहरू स्वतःस्फूर्त रूपमा अघि बढेको जनाइएको छ। सानो प्रयासले ठूलो सन्देश दिन सकिन्छ भन्ने उदाहरण यो कार्यले प्रस्तुत गरेको सहभागीहरूको भनाइ छ ।

“प्रेम दिवस भाषण र शुभकामनामै सीमित हुनुहुँदैन, पीडामा परेकाको घरदैलोमै पुग्नुपर्छ,” अभियन्ता पन्थले भने, “मानवीयता बाँड्ने हाम्रो अभियान निरन्तर रहनेछ।” स्थानीयस्तरमै गरिएको यस मानवीय सहयोगले प्रेम दिवसको वास्तविक अर्थ सम्झाएको छ। प
























