हेडलाईनसमाचारप्रदेश

आज प्रणय दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै, तनहुँको बन्दीपुरमा नेपत्थको कन्सर्ट

प्रहार समाचार । तनहुँ, २ फागुन २०८२ शनिबार । आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । प्रेम र सम्बन्धको उत्सवका रूपमा मनाइने यो दिन नेपालमा पनि युवापुस्ताको रोजाइ बन्दै गएको छ। फूल, चकलेट, कार्ड र स–साना उपहारमार्फत भावना व्यक्त गर्ने चलनसँगै रेस्टुरेन्ट, क्याफे र सार्वजनिक स्थलहरूमा चहलपहल बढेको देखिन्छ।

सामाजिक सञ्जाल प्रेमिल सन्देश र तस्बिरले भरिएका छन् भने डिजिटल प्रविधिले प्रेम व्यक्त गर्ने शैलीलाई अझ छरितो र आधुनिक बनाइदिएको छ। नेपालका प्रमुख शहरहरू काठमाडौं, भक्तपुर, ललितपुर र पोखरामा भ्यालेन्टाइन सप्ताह सुरु भएसँगै किनमेल बढेको छ। फेब्रुअरी ७ देखि ‘रोज डे’ बाट सुरु हुने यो सप्ताह ‘प्रपोज’, ‘चकलेट’, ‘टेडी’, ‘प्रमिस’, ‘किस’ र ‘हग डे’ हुँदै आज भ्यालेन्टाइन डेमा टुंगिन्छ। यही अवसर लक्षित गर्दै व्यवसायिक स्थलहरूले विशेष सजावट र अफरसमेत सार्वजनिक गरेका छन्।


यद्यपि, भ्यालेन्टाइन डेप्रति आलोचनाका स्वर पनि सुनिन्छन्। केहीले यसलाई पाश्चात्य संस्कृतिको प्रभाव भन्दै अस्वीकार गरिरहेका छन्। तर धेरैका लागि भने यो दिन प्रेम, सम्मान र सम्बन्धको कदर गर्ने अवसर बनेको छ। रोमन पादरी सन्त भ्यालेन्टाइनले प्रेमका लागि दिएको बलिदानको सम्झनामा मनाइने यो दिवस आज भावनात्मक अभिव्यक्तिको साझा मञ्चका रूपमा स्थापित हुँदै गएको छ । यसै बिच नेपालको चर्चित व्याण्ड नेपत्थ्यले आज तनहुँको पुरानो सदरमुकाम बन्दीपुरको टुँडिखेलमा विशेष कन्सर्ट कार्यक्रमको आयोजना गर्दैछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button