हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : पश्चिमी वायु सक्रिय, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

प्रहार समाचार । काठमाडौं, १ फागुन २०८२ शुक्रबार । देशभर पश्चिमी वायुको सामान्य प्रभाव देखिँदा आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने बताइएको छ। दिउँसो अधिकांश भूभागमा मौसम आंशिकदेखि सामान्यतया सफा रहनेछ।


तराईका केही स्थानमा भने मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था रहने जनाइएको छ। राति पुनः तराईका थोरै स्थानमा तुँवालो लाग्न सक्नेछ, जसले यातायात र जनजीवनमा सामान्य असर पार्न सक्छ।


मौसमविद्का अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले तत्काल ठूलो वर्षा प्रणाली सक्रिय हुने संकेत छैन। तर उच्च हिमाली भेगमा यात्रा गर्ने र दैनिक कामकाजमा निस्कनेले मौसमको अवस्थाबारे जानकारी लिएर सावधानी अपनाउन विभागले सुझाव दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button