हेडलाईनसमाचारप्रदेशखेलकुद

आइसिसी पुरुष टी -२० विश्वकप २०२६ : १२ वर्षको पर्खाइ तोड्ने लक्ष्यमा नेपाल, इटालीसँग आज ऐतिहासिक भिडन्त

प्रहार समाचार । काठमाडौं, २९ माघ २०८२ बिहीबार । मुम्बईको वानखेडे रंगशालामा आज दिउँसो ३:१५ बजे नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप २०१६ अन्तर्गत दोस्रो खेलमा नयाँ प्रतिद्वन्द्वी इटालीसँग प्रतिस्पर्धा गर्दैछ। टी-२० अन्तर्राष्ट्रियमा नेपाल र इटालीबीच पहिलोपटक भिडन्त हुन लागेको हो। यसअघि ५० ओभरको फर्म्याटमा भएका तीनै खेलमा नेपाल विजयी भएको इतिहास छ। समूह ‘सी’को पहिलो खेलमा दुईपटकको विजेता इंग्ल्यान्डविरुद्ध सानदार प्रदर्शन गरेपछि नेपाली टोलीको मनोबल उच्च छ।

 


विश्वकपमा तीन सहभागिता जनाइसकेको नेपाल अनुभवका हिसाबले इटालीभन्दा अघि देखिन्छ। नेपालले हालसम्म आठ खेलमा दुई जित हात पारेको छ, जसमा सन् २०१४ मा हङकङ र अफगानिस्तानमाथि ऐतिहासिक जित समावेश छन्। तर त्यसयता १२ वर्षदेखि विश्वकपमा जितविहीन नेपाल यसपटक त्यो खडेरी अन्त्य गर्ने लक्ष्यमा छ। गत संस्करणमा दक्षिण अफ्रिकासँग १ रन र यसपटक इंग्ल्यान्डसँग ४ रनले पराजित हुँदै नेपालले कडा प्रतिस्पर्धा गर्ने क्षमता देखाइसकेको छ।


कप्तान रोहितकुमार पौडेलले लगातार वानखेडेमा खेल्दा त्यसको फाइदा उठाउने बताएका छन्। “लगातार यही मैदानमा खेल्दै छौं, त्यसले पक्कै सहयोग गर्नेछ,” उनले भने, “तर इटालीलाई कमजोर ठानेर खेल्दैनौं।” युरोपियन छनोटमा स्कटल्यान्डलाई हराउँदै पहिलोपटक विश्वकपमा स्थान बनाएको इटाली पनि जितको खोजीमा छ। पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भए पनि इटाली आजको खेलमा नयाँ ऊर्जा साथ उत्रने तयारीमा छ। नेपालका लागि यो खेल जित मात्र होइन, विश्वकपमा नयाँ अध्याय सुरु गर्ने अवसरसमेत बनेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button