हेडलाईनसमाचारगण्डकी

मर्स्याङ्दीको भीरमा जीप खस्दा वृद्धाको ज्यान गयो, सात घाइते अस्पतालमा

प्रहार समाचार । लमजुङ, श माघ २०८२ बुधबार । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित भीरालो सडकखण्डमा आज जीप दुर्घटना हुँदा एक वृद्धाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । भुजुङबाट बेँसीसहरतर्फ आउँदै गरेको ग.१ ज. ५०६५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।


दुर्घटनामा गम्भीर घाइते भएकी क्व्होलासोथर गाउँपालिका–४, भुजुङ निवासी ७४ वर्षीया मलकुमारी गुरुङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए । जीपमा चालकसहित १० जना सवार रहेको बताइएको छ ।


दुर्घटनामा क्व्होलासोथर–४ का ८० वर्षीय आइतराम गुरुङ, २२ वर्षीया एलिना गुरुङ, २७ वर्षीया स्मृति गुरुङ, बेँसीसहर–५ की २० वर्षीया कृपा गुरुङ, वडा नं–७ की सात वर्षीया रितु गुरुङ, मर्स्याङ्दी–९ का ३१ वर्षीय आर्यन गुरुङ र मर्स्याङ्दी–२ घनपोखराकी ५० वर्षीया काली गुरुङ घाइते भएका छन् । घाइतेहरूको लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button