प्रहार समाचार । तनहुँ, २८ माघ २०८२ दमौली । प्रदेशिक अस्पताल दमौलीले स्वास्थ्य सेवामा डिजिटल प्रविधिको प्रयोग सुरु गरेको छ। अस्पतालले माघ ८ गतेदेखि सम्पूर्ण बिरामीको मेडिकल रेकर्ड तथा जाँच प्रक्रिया कम्प्युटर प्रणालीमार्फत सञ्चालनमा ल्याएको जनाएको छ ।

अस्पतालले सेवासुविधा थप गर्ने उद्देश्यले डिजिटल मेडिकल रेकर्ड प्रणाली लागू गरिएको हो। यस प्रणालीमार्फत बिरामीको उपचार इतिहास, जाँच रिपोर्टलगायत सम्पूर्ण विवरण कम्प्युटरमा सुरक्षित रहनेछ, जसले भविष्यमा कागजी झन्झट कम गर्ने विश्वास लिइएको आपताल व्यवस्थापन समितिका अध्यक्ष कमलामोहन वाम्लेले जनाए ।
नयाँ प्रणाली भएकाले प्रारम्भिक चरणमा बिरामी तथा स्वास्थ्यकर्मीलाई तालिम दिइँदैछ। यही कारण सेवा प्रवाहमा केही ढिलासुस्ती तथा झन्झट देखिन सक्ने भन्दै अस्पताल प्रशासनले एक सूचना जारिगर्दै क्षमायाचना गरेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. परिवर्तन बराल प्रशासनले डिजिटल प्रणाली पूर्ण रूपमा व्यवस्थित भएपछि सेवा अझ छिटो, पारदर्शी र प्रभावकारी हुने दाबी गरे । साथै, प्रणालीलाई सफल बनाउन बिरामी तथा सेवाग्राहीको सहकार्य अपरिहार्य रहेको उनले उल्लेख गरे ।

प्रदेशिक अस्पताल दमौलीले डिजिटल प्रविधिको प्रयोगसँगै सेवा सुधारतर्फ नयाँ कदम चालेको स्थानीयले बताएका छन्। यद्यपि सुरुवाती असहजतापछि प्रणाली कत्तिको प्रभावकारी बन्छ भन्ने विषयमा सबैको चासो रहेको छ।



























