हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

पृथ्वीराजमार्गमा एकैछिनमै तीन सवारी ठोक्किए : उप प्रमुख दरैसहित ४ घाइते, एकको अवस्था गम्भीर

प्रहार समाचार । तनहुँ, २७ माघ २०८२ मंगलबार । पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिका–२ नर्सरी क्षेत्रमा आज दिउँसो भएको सवारी दुर्घटनामा ब्यास नगरपालिकाकी उपमेयर इन्दिरा दरैसहित चार जना घाइते भएका छन् । दुलेगौडाबाट पोखरा तर्फ जाँदै गरेको एकल सवार मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ट्याक्सी एकआपसमा ठोक्किँदा दुर्घटना सुरु भएको हो ।

ठक्करको झड्काले ट्याक्सी अनियन्त्रित भई ब्याक हुँदा पछाडिबाट आइरहेको सामान बोक्ने भ्यानमा ठोक्किएको प्रहरीले जनाएको छ । केही सेकेन्डमै तीन सवारी साधन एकआपसमा जुध्दा सडकमा केहि बेर भयावह स्थिति देखिएको थियो ।


दुर्घटनामा ट्याक्सीमा सवार व्यास नगरपालिकाकी उप प्रमुख इन्दिरा दरैको टाउको र पेटमा चोट लागेको छ । उपप्रमुख दरैका २७ वर्षीय छोरा हेमन्त दरै पनि सोही सवारीमा सवार थिए । उनलाई पनि टाउको र पेटमा चोट लागेको छ । दुवै जनाको पोखरामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको डाक्टरको भनाइ उद्धृत गर्दै परिवार स्रोतले जनाएको छ ।


त्यसैगरी, ट्याक्सी चालक मकवानपुर रक्सीडाँडा गाउँपालिका–१ घर भई हाल पोखरा–५ मालेपाटन बस्दै आएका ३८ वर्षीय सन्देश गोले घाइते भएका छन् । उनको टाउकोमा चोट र शरीरका विभिन्न भागमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको ल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी एवं सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।


मोटरसाइकल चालक पोखरा महानगरपालिका–१४ चाउथे निवासी १८ वर्षीय समेश कुमार थापाको अवस्था भने गम्भीर छ । उनको टाउको, पेट र दायाँ खुट्टामा चोट लागेको र पोखरामै उपचार भइरहेको छ । दुर्घटनामा संलग्न मोटरसाइकल र सामान बोक्ने भ्यान इलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा छन् । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयवासीले पृथ्वीराजमार्गमा सवारी चाप बढ्दै जाँदा लापरबाही, तीव्र गति र लेन अनुशासन नहुँदा यस्ता दुर्घटना दोहोरिँदै गएको गुनासो गरेका छन् ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button