हेडलाईनसमाचारसबै प्रदेश

निर्वाचन सम्बन्धि उत्कृष्ट टिकटक बनाउनेलाई निर्वाचन आयोगद्वारा ५० हजार पुरस्कार । बनाउने हैन त टिकटक !

प्रहार समाचार । काठमाडौं, २७ माघ २०८२ मंगलबार । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जाल टिकटक मार्फत उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार नगद राशिले पुरस्कृत गर्ने भएको छ।

निर्वाचनसम्बन्धी सन्देशलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यसहित आयोगले उक्त राशिको टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो।


आयोगले निर्वाचन प्रचार–प्रसार, निर्वाचन आचारसंहिता र मतदाता शिक्षासम्बन्धी सन्देश समेटिएका एक मिनेटसम्मका टिकटक भिडियो बनाउन सर्वसाधारणलाई आह्वान गरेको छ। प्रतियोगितामा सहभागी हुन इच्छुकले फागुन ३ देखि १७ गतेभित्र आफ्नो भिडियो आयोगमा पठाउनुपर्नेछ। आयोगका अनुसार प्राप्त भिडियामध्ये सबैभन्दा धेरै भ्युज प्राप्त गर्ने उत्कृष्ट तीनवटा भिडियोलाई छनोट गरिनेछ। छनोटमा पर्ने प्रत्येक विजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोगले जनाएको छ।

साथै विजेता भिडियोलाई प्रमाणपत्रसमेत प्रदान गरिनेछ।
निर्वाचन आयोगले नयाँ पुस्तालाई निर्वाचन प्रक्रियाप्रति आकर्षित गर्न तथा सामाजिक सञ्जालमार्फत सही सूचना प्रवाह गर्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको छ। पछिल्लो समय टिकटक युवामाझ लोकप्रिय बन्दै गएको सन्दर्भमा आयोगको यो कदमलाई निर्वाचन शिक्षामा नयाँ प्रयोगका रूपमा हेरिएको छ।
आयोगले भनेको छ— निर्वाचनलाई मर्यादित, अनुशासित र सचेत बनाउने सन्देश बोकेका सिर्जनात्मक भिडियोलाई प्राथमिकता दिइनेछ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button