हेडलाईनव्याससमाचारगण्डकीसबै प्रदेश

कांग्रेस सभापति थापाद्धारा समवेदना व्यक्त

प्रहार समाचार । तनहुँ, २७ माघ २०८२ मंगलबार । — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एक शोक विज्ञप्ति जारी गर्दै तनहुँका पत्रकार शेष मोहम्मद हनिफ मियाँको निधनले नेपाली पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन्। उनले दिवंगत मियाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।


नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष तथा फोटो पत्रकार महासंघ नेपालका अध्यक्ष रहेका मियाँको २०८२ माघ २१ गते ६४ वर्षको उमेरमा निधन भएको थियो । उ


सभापति थापाले जारी गरेको विज्ञप्तिमा मियाँलाई निष्ठावान, कर्मठ र जनमुखी पत्रकारका रूपमा स्मरण गर्दै पत्रकारिता र लोकतन्त्रका पक्षमा उहाँले पुर्‍याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गरेका छन्। मियाँ नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँका पूर्व सदस्यसमेत थिए। पत्रकारिता, राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै उनले समाजका दबिएका आवाज उजागर गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।


उनको निधनपछि नेपाल प्रेस युनियन, फोटो पत्रकार महासंघ, नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा विभिन्न संघ–संस्थाले शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। सामाजिक सञ्जालमार्फत पनि मियाँप्रति श्रद्धाञ्जली आउने क्रम रोकिएको छैन ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button