प्रहार समाचार । धनुषा, २६ माघ २०८२ सोमबार । धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदीपकुमार यादवको निधन भएको छ। मस्तिष्क घात भएपछि उपचाररत यादवको काठमाडौंस्थित नर्भिक अस्पतालमा आज साँझ निधन भएको हो।

हंसपुर नगरपालिकाका सूचना अधिकारी कुलदीप राउतका अनुसार मेयर यादवलाई बिहीबार अचानक मस्तिष्क घात भएपछि जनकपुरको न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर बनेपछि थप उपचारका लागि शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो। काठमाडौं पुगेपछि उनलाई नर्भिक अस्पतालमा राखेर उपचार गरिँदै आएको थियो। चिकित्सकको प्रयासका बाबजुद आज साँझ उनको निधन भएको सूचना अधिकारी राउतले जानकारी दिए।
मेयर यादवको निधनको खबर फैलिएसँगै हंसपुर नगरपालिका शोकमा डुबेको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्। स्वर्गीय यादव स्थानीय तहको नेतृत्वमा सक्रिय रहँदै विकास र सेवामा केन्द्रित थिए। उ

























