आँबुखैरेनी गाउँपालिकाहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटगण्डकीनगरपालिका /गाउँपालिका

हिन्दू अधिराज्य सहितको राजसंस्थाको पुन : स्थापना राप्रपा तनहुँका उम्मेदवार जोशीको मुख्य एजेन्डा

प्रहार समाचार । तनहुँ, २६ माघ २०८२ सोमबार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार रामदत्त जोशी (अभिषेक) ले जिल्लाको प्रसिद्ध धार्मकम तिर्थस्थल घाब्दी बाराही मन्दिर पुगेर पार्टीको मुख्य राजनीतिक एजेन्डा स्पष्ट पारेका छन्। जोशीले मन्दिरको दर्शन तथा स्थानीयसँग संवाद गर्दै संवैधानिक राजसंस्था पुनःस्थापना र नेपाललाई हिन्दू अधिराज्यका रूपमा फर्काउनु नै राप्रपाको मूल लक्ष्य भएको दाबी गरे।


चुनावी अभियानअन्तर्गत मन्दिर पुगेका जोशीले पुजारीबाट आशीर्वाद ग्रहण गर्नुका साथै छाब्दीबाराही मन्दिरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वबारे जानकारी लिएका थिए। सो क्रममा स्थानीय बासिन्दाले उठाएको राजसंस्था र हिन्दू अधिराज्यसम्बन्धी जिज्ञासामा जवाफ दिँदै जोशीले वर्तमान राजनीतिक व्यवस्थाले स्थायित्व, सुशासन र राष्ट्रिय पहिचान दिन नसकेको आरोप लगाए।

राजसंस्थासहितको प्रजातन्त्र नै नेपालका लागि उपयुक्त विकल्प भएको उल्लेख गर्दै उनले नेपाल हजारौँ वर्षदेखि सनातन हिन्दू सभ्यता, संस्कार र परम्परामा आधारित राष्ट्र रहेको बताए। धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण नगरे देशको मौलिक अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिँदै जोशीले हिन्दू अधिराज्यको अवधारणा कुनै समुदायविरुद्ध नभई सबै धर्म, संस्कृति र सभ्यताको सम्मान र संरक्षणका लागि साझा आधार भएको दाबी गरे।


भेटघाटका क्रममा स्थानीयले धार्मिक स्थलको संरक्षण, विकास र व्यवस्थित व्यवस्थापनको माग गरेका थिए। त्यसप्रति प्रतिबद्धता जनाउँदै जोशीले तनहुँको छाब्दीबाराही र व्यास गुफादेखि मुक्तिनाथसम्मको पवित्र धार्मिक करिडोरलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताए। धार्मिक पर्यटन र राष्ट्रिय पहिचान जोडिएको यो करिडोरले स्थानीय विकासमा समेत टेवा पुग्ने उनको भनाइ थियो।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button