हेडलाईनव्याससमाचारगण्डकी

मुख्यमन्त्री पाण्डे शोकाकुल परिवारको घरमै, गोरा मियाँको निधनले तनहुँको पत्रकारिता मौन

प्रहार समाचार । तनहुँ, २४ माघ २०८२ शनिबार । तनहुँको पत्रकारिता क्षेत्रले सक्रिय र निडर पत्रकार गुमाउँदा माहोल शोकमय बनेको छ । प्रेस युनियन तनहुँका अध्यक्ष शेष मोहम्मद हनिफ (गोरा) मियाँको निधनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे स्वयं व्यास नगरपालिका–२ स्थित मियाँको निवासमा पुगे । पाण्डेले शोकाकुल परिवारजनलाई समवेदना व्यक्त गर्दै यो कठिन घडीमा धैर्य धारण गर्न आग्रह गरे ।

मुख्यमन्त्री पाण्डेले गोरा मियाँको निधन केवल परिवारका लागि मात्र नभई समग्र जिल्लाकै पत्रकारिता क्षेत्रका लागि अपूरणीय क्षति भएको उल्लेख गरे । मुख्य मन्त्री पाण्डेले शोकको समयमा विचलित नहुन आग्रह गर्दै दिवंगत मियाँले पत्रकारितामार्फत समाजमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गरे । ग

मुख्यमन्त्रीसँगै नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, देवकुमार श्रेष्ठ लगायतका नेताहरू पनि समवेदनाका लागि मियाँ निवास पुगेका थिए । नेताहरूले गोरा मियाँको निडर पत्रकारिता र सामाजिक सक्रियताको खुलेर प्रशंसा गर्दै उनको अभाव लामो समयसम्म खड्किने बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button