प्रहार समाचार । काठमाडौँ, १४ माघ २०८२ बुधबार । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् । सभापति लामिछाने ईसेलुलाइटिसको कारण त्रिविवि शिक्षण अस्पतालमा भएका हुन्।

त्रिविवि शिक्षण अस्पतालका चिकित्सकले लामिछानेलाई छालाको भित्रि तहसम्म संक्रमण हुने सेलुलाइटिस भएको र एन्टिबायोटिकमार्फत उपचार भइरहेको बताएका छन्। उनलाई हाल हाडजोर्नी विभागमा राखेर निगरानीमा राखिएको छ।
अस्पतालका अनुसार अन्य स्वास्थ्य अवस्था सामान्य रहेको छ। लामिछानेलाई थप दुईदेखि चार दिन उपचार आवश्यक पर्ने अस्पतालका प्रवक्ता डा. गोपालप्रसाद सेढाइँले जानकारी दिए।
लामिछानेलाई चोट जनकपुर कार्यक्रममा देब्रे खुट्टामा लागेको थियो। सामाजिक सञ्जालमा फैलिएका तस्बिरहरू अस्पतालकै नभएको अस्पतालले स्पष्ट पारेको छ।



























