हेडलाईनसमाचारगण्डकीभिमादम्याग्दे

सेती नदीमा बेपत्ता टेकबहादुर तेस्रो दिनसम्म पनि फेला परेनन्

प्रहार समाचार । तनहुँ, १३ माघ २०८२ मङ्गलबार । तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष तेस्रो दिनसम्म पनि फेला पर्न सकेका छैनन्।

भीमाद नगरपालिका–५, आँमडाँडा तुतुवा निवासी ४४ वर्षीय टेकबहादुर सप्लाङ्गी आइतबार दिउँसो जाल हान्ने क्रममा चिप्लिएर खोलाको भुमरीमा परेका थिए। त्यसपछि उनी बेपत्ता भएका हुन्।


घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले खोजी सुरु गरेका थिए। तर सेती नदीको तीव्र बहाव र गहिरो भएकाले कारण खोजी कार्यमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।


प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार सम्भावित क्षेत्रमा निरन्तर खोजी कार्य जारी छ। आज बिहानसम्म पनि उनको कुनै अत्तो पत्तो लाग्न सकेको छैन। प्रहरीका अनुसार सप्लाङ्गी नदीमा नियमित रूपमा माछा मार्ने क्रममा अचानक सन्तुलन गुमाएर नदीमा परेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । थ हाल प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्यलाई निरन्तरता दिइएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button