हेडलाईनसमाचारगण्डकीम्याग्दे

तनहुँको म्याग्देका जनप्रतिनिधि अधिकारीको उदाहरणीय कार्य

प्रहार समाचार । तनहुँ, १२ माघ २०८२ सोमबार । म्याग्दे गाउँपालिकामा जनप्रतिनिधिले केवल नीति र योजना मात्रै होइन, नागरिकको जीवनमा प्रत्यक्ष साथ दिन सक्ने उदाहरण प्रस्तुत गरेका छन्। म्याग्दे गाउँपालिका–२ का वडासदस्य रमेश अधिकारीले आर्थिक तथा पारिवारिक कठिनाइमा रहेका बालक शुसान खाती कक्षा एलकेजी देखि १० सम्मको सम्पूर्ण शैक्षिक जिम्मेवारी लिने घोषणा गरेका छन् ।

पालिकाको राधा माध्यमिक विद्यालयको ४५औँ वार्षिकोत्सव तथा अभिभावक भेलामा बोल्दै वडासदस्य अधिकारीले आमा विहिन एक बालकको अभिभावकत्व स्वयं ग्रहण गर्दै विद्यालय शुल्क, कापी–किताब तथा अन्य आवश्यक खर्च व्यहोर्न पाउँदा आफूलाई खुशी लागेको बताए ।

कार्यक्रममा उनले बालकको उज्वल भविष्यको कामना गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह भई मानविय सेवा गर्ने प्रेरणा समेत जाग्ने विश्वास गरे । शिक्षा नै परिवर्तनको आधार भएको उल्लेख गर्दै अधिकारीले बालबालिकाको भविष्य निर्माणमा समाज र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने धारणा समेत राखे ।

स्थानीयस्तरमै जनप्रतिनिधिबाट आएको यस्तो सहयोगले विद्यालय परिवार र अभिभावकहरू भावुक बनेका थिए। विद्यालय व्यवस्थापन समितिले यो कदमलाई सामाजिक उत्तरदायित्व र नेतृत्वको उत्कृष्ट उदाहरण भएको टिप्पणी गरेको छ। शुसान खातीको शिक्षामा आएको यो सहाराले केवल एक बालकको मात्र होइन, समग्र समुदायमा शिक्षाप्रति सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयको भनाइ छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button