हेडलाईनव्याससमाचारगण्डकीखेलकुद

२३औँ सचिन स्मृति खुला दौड प्रतियोगिता दमौलीमा सम्पन्न

प्रहार समाचार । तनहुँ, १० माघ २०८२ शनिबार । स्वर्गीय रोट्रयाक्ट सचिनको स्मृतिमा आयोजित २३औँ सचिन स्मृति खुला दौड प्रतियोगिता दमौलीमा आज सम्पन्न भएको छ। युवालाई खेलकुदमार्फत अनुशासन, स्वास्थ्य र सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले आयोजित प्रतियोगितामा धावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगित व्यास नगरपालिका–३ स्थित अनसन चौताराबाट सुरु भएको दौड व्यास नगरपालिका–१४ मा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल छाब्दीस्थित बाराही मन्दिरमा पुगेर समापन गरिएको थियो।

नगरप्रमुख बैकुण्ठ न्यौपानेले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले युवालाई सकारात्मक दिशामा डोऱ्याउने भन्दै यस्ता प्रतियोगितालाई नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।


प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको प्रतियोगितामा पुरुषतर्फ सिन्की तामाङ प्रथम भए भने कृष्णबहादुर परियार दोस्रो र सनम गुरुङ तेस्रो स्थानमा रहे। महिलातर्फ उमादेवी गुरुङले प्रथम स्थान हासिल गरिन् भने बालधावकतर्फ सौरभ अर्याल विजेता बने ।
समापन तथा पुरस्कार वितरण समारोहमा बोल्दै व्यास नगरपालिका शिक्षा तथा खेलकुद संयोजक तथा वडा नं. ६ का वडाध्यक्ष जीवन गुरुङले खेलकुदले समुदायमा एकता, स्वास्थ्य र सकारात्मक प्रतिस्पर्धाको भावना विकास गर्ने उल्लेख गर्दै सचिन स्मृति दौडले सामाजिक सन्देश बोकेको बताए।

रोट्रयाक्ट क्लब दमौलीको आयोजनामा सम्पन्न प्रतियोगिता क्लबका अध्यक्ष गोविन्द तिमल्सेनाको सभापतित्वमा सम्पन्न भएको थियो । आयोजकका अनुसार स्मृति, सेवा र खेलकुदलाई जोड्ने यो प्रतियोगितालाई आगामी वर्षहरूमा अझ व्यवस्थित र व्यापक बनाइनेछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button