प्रहार समाचार । काठमाडौँ,१० माघ २०८२ शनिबार । देशमा पश्चिमी वायुको प्रभाव कायम रहँदा सुदूरपश्चिमसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागमा बादल लाग्ने र अन्य भूभागमा आंशिक बदली रहनेछ। यस अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
आज राति पनि पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ ।


























