हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको सत्यवती मा.वि.मा अध्यायनरत छात्रा वाग्ले राष्ट्रिय स्तरमा द्वितीय : सशस्त्र प्रहरीद्वारा पुरस्कार सहित सम्मान

प्रहार समाचार । तनहुँ, ९ माघ २०८२ शुक्रबार । तनहुँको व्यास नगरपालिका वडा नं २, दमौलीमा रहेको सत्यवती माध्यमिक विद्यालयमा अध्यायनरत छात्रा साक्षी वाग्लेले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयद्वारा आयोजित बक्तृत्वकला प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल भएकी छन्। २५औँ सशस्त्र प्रहरी दिवस–२०८२ (रजत महोत्सव) को अवसरमा स्वयम्भू, हलचोकस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा वाग्लेलाई पुरस्कार सहित विशेष सम्मान प्रदान गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी विषयमा जानकारीमूलक, तथ्यपरक र धाराप्रवाह प्रस्तुति दिँदै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी वाग्लेलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मानपत्र प्रदान गरेका हुन्। सम्मानपत्रमा वाग्लेको उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना गरिएको छ ।

यस सफलताप्रति विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले खुसी व्यक्त गर्दै, ‘साक्षी वाग्लेको यो उपलब्धिले विद्यार्थीमा आत्मविश्वास र सार्वजनिक मञ्चमा आफ्ना विचार स्पष्ट रूपमा राख्न सक्ने क्षमता विकास भएको’ बताए । यो सफलता विद्यालयका लागि मात्रै होइन, सम्पूर्ण शैक्षिक समुदायका लागि प्रेरणादायी छ, ।’ पौडेलले भने। त्यस्तै विद्यालयका निर्वर्तमान प्रधानाध्यापक पुष्पकला भट्टराईले साक्षीको मेहनत, अनुशासन र निरन्तर अभ्यासकै परिणामस्वरूप राष्ट्रियस्तरको प्रतियोगितामा यस्तो सफलता सम्भव भएको बताइन् ।


विद्यार्थी साक्षी वाग्लेले प्राप्त गरेको यस विशेष सम्मानले विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीलाई पनि राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्न थप हौसला मिल्ने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button