हेडलाईनसमाचारगण्डकीखेलकुद

स्थानीय सरकारका कर्मचारी पनि कोर्टमा, पोखरा मेयर कपमा तनहुँको सक्रिय सहभागिता

प्रहार समाचार । कास्की , ९ माघ २०८२ शुक्रबार । कास्की ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको दोस्रो पोखरा मेयर कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८२ ले खेलमैत्री संस्कृतिको सन्देश दिएको छ। पोखरामा आजबाट सञ्चालन भएको प्रतियोगितामा देशभरका कर्मचारी र जनप्रतिनिधिको सहभागिता रहेको छ भने तनहुँबाट म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका कर्मचारीहरूले पनि प्रतिस्पर्धात्मक उपस्थिति जनाएका छन्।

म्याग्दे गाउँपालिकाबाट प्रदीप न्यौपाने–आकाश गुरुङ र शम्भु पौडेल–राज श्रेष्ठको जोडीले प्रतियोगितामा सहभागिता जनाएका छन्। यस्तै, व्यास नगरपालिकाको प्रतिनिधित्व गर्दै कुमार कञ्चन जिसी र कृष्ण घिमिरे कोर्टमा उत्रिएका छन्। कार्यालयको दैनिकीभन्दा बाहिर निस्केर खेलमार्फत आपसी सम्बन्ध र स्वास्थ्यप्रति ध्यान दिनु सकारात्मक सन्देश भएको सहभागीहरूले बताएका छन्।


कर्मचारी र जनप्रतिनिधि गरी देशभरबाट खेलाडी सहभागी भएको प्रतियोगिताले खेल र सेवाबीचको सन्तुलनलाई उजागर गरेको छ। दोस्रो पोखरा मेयर कप अन्तर्गतका प्रतिस्पर्धा शनिबार फाइनल खेलसँगै टुंगिने छन्, जहाँ उत्कृष्ट खेलाडी र टिमको पहिचान हुनेछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button