आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटगण्डकी

तनहुँ–१ मा १६ उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण, स्वतन्त्रदेखि ठूला दलसम्मको प्रतिस्पर्धा

प्रहार समाचार । तनहुँ,९ माघ २०८२ शुक्रबार । तनहुँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम नामावलीमा कायम १६ जना उम्मेदवारलाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ। निर्वाचन अधिकृतको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै उम्मेदवार र उनीहरूका निर्वाचन चिन्ह सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ बमोजिम अन्तिम नामावलीमा रहेका उम्मेदवारलाई मतदान प्रयोजनका लागि चिन्ह प्रदान गरिएको हो। चिन्ह वितरणसँगै अब निर्वाचन क्षेत्र तनहुँ–१ मा औपचारिक रूपमा चुनावी प्रतिस्पर्धा सुरु भएको छ।


तनहुँ १ मा ठूला राजनीतिक दल नेपाली कांग्रेस , नेकपा एमाले र ट्रय स्वतन्त्र पार्ट (रास्वपा) बिच नै मुख्य प्रतिस्पर्धा देखिएको छ। नेपाली काँग्रेसका गोविन्द भट्टराई, नेकपा (एमाले) की भगवती न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेकपा (माओवादी केन्द्र) का ओम बिक्रम पन्त, स्वतन्त्र उम्मेदवार दिपकराज जोशी लगायत चुनावी मैदानमा छन्। उनको चुनाव चिन्ह कैची रहेको छ।


यसैगरी श्रम संस्कृति पार्टी, आम जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, उज्यालो नेपाल पार्टी, नेपाल जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल रिपब्लिक नेपाललगायत दलका उम्मेदवार पनि प्रतिस्पर्धामा उत्रिएका छन्। स्वतन्त्रमा तीन उम्मेदवारहरु रहेका छन्।


निर्वाचन चिन्ह सार्वजनिक भएसँगै उम्मेदवारहरू मतदाता केन्द्रित चुनावी अभियानमा सक्रिय हुने देखिन्छ। स्थानीय विकास, रोजगारी, सुशासन र राजनीतिक स्थायित्वका मुद्दा यस निर्वाचनका मुख्य एजेण्डा बन्ने अनुमान गरिएको छ।
निर्वाचन अधिकृतको कार्यालयले सबै मतदाता, उम्मेदवार र सरोकारवालालाई निर्वाचन प्रक्रिया मर्यादित र कानुनसम्मत ढंगले सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button