हेडलाईनसमाचारगण्डकी

लमजुङमा पुराना अनुहार र नयाँ विकल्पबीच निर्णायक भिडन्त

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ,६ माघ २०८२ मङ्गलबार । प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि लमजुङ जिल्लामा प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेद्वार फाइनल गरेसँगै चुनावी प्रतिस्पर्धा औपचारिक रूपमा सुरु भएको छ । पुराना स्थापित दल र उदाउँदो नयाँ शक्तिबीचको यो भिडन्तलाई जिल्लाको राजनीतिक भविष्यसँग जोडेर ह हेरिएको छ ।

नेपाली कांग्रेसले नेता गमप्रसाद गुरुङलाई उम्मेद्वार बनाएको छ । संगठन, कार्यकर्ता र परम्परागत मताधारलाई आधार मानेर कांग्रेस चुनावी मैदानमा उत्रिएको देखिन्छ । यस्तै, नेकपा एमालेले पृथ्वीसुव्वा गुरुङलाई अघि सार्दै स्थायित्व र विकासको एजेन्डालाई प्रमुख मुद्दा बनाउने संकेत गरेको छ । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धर्म केसीलाई उम्मेद्वार बनाएर ‘पुरानो राजनीतिक विरासत भत्काउने दाउमा छ। नयाँ राजनीतिक संस्कार, पारदर्शिता र जवाफदेहिताको मुद्दा रास्वपाको मुख्य अस्त्र हुने देखिन्छ । उता, नेपाली कम्युनिष्ट पार्टीले हरिजंग तामाङलाई उम्मेद्वार बनाएर वर्गीय मुद्दा, सामाजिक न्याय र वैकल्पिक राजनीतिक धारलाई पुनः उठान गर्ने प्रयास गरेको छ ।


सबै दलका उम्मेद्वार टुंगिएसँगै लमजुङमा चुनावी सरगर्मी बढेको छ । स्थानीय विकास, रोजगारी, सडक, शिक्षा र सेवा सुविधाजस्ता मुद्दा केन्द्रमा रहने अनुमान गरिएको छ । अब मतदाताले पुराना दल रोज्ने कि नयाँ दल रोज्ने भन्ने प्रश्नले लमजुङको चुनावी बहसलाई थप रोचक बनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button