हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ बाट पुनः वाग्लेलाई उम्मेदवार बनाउने, २ को टुङ्गो लागेन

प्रहार समाचार । तनहुँ, ४ माघ २०८२ आइतबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ–१ बाट डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ। पार्टीको केन्द्रीय तहबाट भएको यस निर्णयसँगै तनहुँ–१ मा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ भने निर्वाचन प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ । च उता क्षेत्र नं २ को भने आजसम्म पनि टुङ्गो लाग्न सकेको छैन ।

यस अघि पनि उक्त निर्वाचन क्षेत्रबाट चुनाव जितेर बाजि मारेका बाग्ले यस पटक पनि चुनाव जित्ने दाउमा छन्। तर, नेपाली कांग्रेस मुख्य प्रतिष्पर्धी रहेको यस क्षेत्रमा कांग्रेसका नव निर्वाचित सभापति गगन थापा भएपछि अब उक्त क्षेत्रामा कांग्रेसले कस्लाई उमेद्वार बनाउँछ त्यसमा भर पर्ने विश्लेषकहरु बताउँछन् । ‘कांग्रेसले नयाँ र यूवा तथा दरिलो उमेद्वार बनाएको खण्डमा चुनाव रोचक प्रतिस्पधीमा जान्छ ।’ एक कांग्रेसीले भने । आर्थिक सुधार, पारदर्शी शासन प्रणाली र भ्रष्टाचार नियन्त्रणको एजेन्डासँग जोड्दै पार्टीका दोस्रो पंत्रिका नेता वाग्लेलाई रास्वपाले उम्मेदवारका रूपमा अघि सारिनु अन्य दलका लागि चुनौतीकै रूपमा रहेको बताइन्छ ।

रास्वपाका अनुसार तनहुँ–१ लाई पार्टीले ‘परिवर्तनको आधार क्षेत्र’ का रूपमा लिएको छ। डा. वाग्लेको उम्मेदवारीले वैकल्पिक राजनीति र नीतिगत बहसलाई अझ पेचिलो बनाएको छ भने स्थानीय मतदातामाझ पनि यस निर्णयप्रति चासो र उत्साह बढ्दै गएको देखिन्छ। क्षेत्र नम्बर २ मा भने डा. शेषरमण न्यौपाने र इन्जिनियर श्रीराम न्यौपाने मध्ये एकलाई उमेद्धार बनाउने प्रबल सम्भावना रहेको पार्टी श्रोतले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button