हेडलाईनसमाचारगण्डकी

चिती – कार्कीडाँडा सेवा समाज लमजुङको आठौं साधारणसभा सम्पन्न

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, ३ माघ २०८२ शनिबार । जन्मथलो चिती– कार्कीडाँडाबाट रोजगारी, व्यापार र विभिन्न पेसाका सिलसिलामा बेसीशहर आएर बसोबास गर्दै आएका नागरिकहरूको साझा संस्था चिती कार्कीडाँडा सेवा समाज, बेसीशहरको आठौं साधारणसभा आज सम्पन्न गरेको छ।


संस्थाको स्थापना उद्देश्य, हालसम्मका गतिविधि, भावी योजना र सामाजिक क्षेत्रमा खेलेको भूमिकाबारे साधारणसभामा गहन छलफल भएको थियो। विशेषगरी समाजभित्र कुनै सदस्य अप्ठ्यारोमा पर्दा सम्पूर्ण संस्थाले साथ दिने अभ्यासले समुदायमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा बोल्दै समाजका सल्लाहकार, पूर्व जिल्ला विकास समितिका सभापति शंकरकान्त जोशीले मानिस सामाजिक प्राणी भएकाले समाजबिना जीवन अपूरो हुने उल्लेख गरे ।
त्यस्तै, समाजका सल्लाहकार तथा लमजुङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष भरतबहादुर बिष्टले चिति– कार्कीडाँडा बेसीशहर आएर बसोबास गर्ने नागरिकले पवित्र भावना र सेवाभावका साथ गठन गरेको यो संस्थाले आठौं साधारणसभासम्म निरन्तरता कायम राख्नु आफैंमा प्रशंसनीय रहेको उल्लेख गरे ।


समाजका अध्यक्ष शिवराम सिलुवालले संस्थाले हालसम्म गरेका सामाजिक, आर्थिक र भौतिक विकाससम्बन्धी कार्यहरूको समीक्षागर्दै भावी योजना प्रस्तुत गरे । कार्यक्रममा कोषाध्यक्ष टिका भण्डारीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन। र

कार्यक्रम समाजका अध्यक्ष शिवराम सिलुवालको अध्यक्षतामा सम्पन् भएको थियो । समाजले सदस्य परिवारमा दुखद घटना पर्दा आर्थिक सहयोग, आवधिक बीमा, श्रम सहयोग तथा भौतिक विकासका काममा समेत सक्रिय भूमिका खेल्दै आएको जनाएको छ। स्थानीयस्तरमा आपसी सहयोग, अपनत्व र सामाजिक उत्तरदायित्वको उदाहरण बन्दै आएको चिति कार्किडाँडा सेवा समाजले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button