हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : तराई क्षेत्रमा हुस्सुले जनजीवनमा असर पार्ने

प्रहार समाचार । काठमाडौँ, २ माघ २०८२ शुक्रबार । आज देशभर उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहे पनि तराई भू–भागमा देखिने हुस्सुले दैनिक जनजीवनमा प्रभाव पार्ने सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु लाग्नेछ भने कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। तस्बिर : प्रहार अनलाईन मिडिया

महाशाखाका अनुसार आज राति पनि तराईका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना कायमै रहनेछ। रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम खुला रहनेछ। हुस्सुका कारण बिहान र बेलुकाको समयमा दृश्यता घट्न सक्ने भएकाले विशेषगरी सवारी आवागमनमा सतर्कता आवश्यक रहेको महाशाखाले जनाएको छ।


हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै महाशाखाले सम्बद्ध सबै निकाय तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। विशेषगरी सवारी चालक, यात्रु तथा चिसोबाट संवेदनशील समूहलाई सतर्क रहन र मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न महाशाखाले आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button