हेडलाईनसमाचारप्रदेश

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी : १२१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन (नामावली सहित)

प्रहार समाचार । काठमाडौँ, १ माघ २०८२ बिहीबार । तीन दिनसम्म चलेको अन्तिम प्रयास असफल भएपछि नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टी विभाजनको संकट चिर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको गुटगत टकराव रोक्ने सहमतिको प्रयास सफल नहुँदा महाधिवेशन पक्षधरहरूले नेतृत्व चयनमार्फत नयाँ बाटो रोजेका हुन् । सोही प्रक्रियाबाट १३ पदाधिकारीसहित १२१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भई निर्वाचन समितिलाई सूची बुझाइएको छ । निर्वाचन समितिले औपचारिक घोषणा गर्ने तयारी गरिरहेको जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदमा थापाको मात्र उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । “सभापति पदमा एकमात्र उम्मेदवारी भएकाले गगनकुमार थापा निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु,” केसीले निर्वाचन परिणाम सार्वजनिक गर्दै भने ।


सभापतिमा निर्वाचित भएपछि थापाले आफूलाई जिम्मेवारी सुम्पिएका नेता तथा कार्यकर्ताको शिर निहुरिन नदिने प्रतिबद्धता व्यक्त गरे । विशेष महाधिवेशनस्थलमा उपस्थित नेता, कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै थापाले कांग्रेसलाई नागरिकको भरोसाको पार्टी बनाउने दृढता जनाए । ‘कांग्रेस छ भन्ने अनुभूति नागरिकले अप्ठ्यारो पर्दा गर्न पाउनुपर्छ । पार्टीमा लागेका सबै साथीहरूले कांग्रेस भएकामा गर्व गर्ने अवस्था बनाइनेछ,’ थापाले भने ।


उनले यो विशेष महाधिवेशनलाई कांग्रेसको इतिहासमै मात्र नभई आधुनिक नेपालको राजनीतिक यात्रामा भुइँ तहका कार्यकर्ताले गरेको ठूलो हस्तक्षेपको रूपमा चित्रण गरे । ‘भुइँ तहका कार्यकर्ता भनेका नागरिक नै हुन् । नागरिकले दलभित्र गरेको हस्तक्षेप नै आजको निर्णय हो,’ उनको भनाई थियो । सभापति थापाले पार्टी अब परिवारवाद र गुटबन्दीबाट मुक्त भएको घोषणा गर्दै आजैदेखि एकताबद्ध भएर अघि बढ्ने दाबी गरे । वर्षौंदेखि कार्यकर्ताको चाहना रहेको गुटमुक्त कांग्रेसको सपना यो महाधिवेशनबाट पूरा भएको उहाँको जिकिर उनको थियो ।


नयाँ नेतृत्व संरचना :
विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित हुनुभएको छ । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारू, पिछडिएको क्षेत्र र खसआर्य समुदायको प्रतिनिधित्व हुने गरी विभिन्न नेता निर्वाचित भएका छन् । खुला, महिला, प्रदेश, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारू, अपाङ्गता तथा पिछडिएको क्षेत्रबाट गरी १२१ केन्द्रीय सदस्य चयन गरिएको छ ।

पदाधिकारीहरूको नामावली यस प्रकार रहेको छ :
सभापति
गगनकुमार थापा
उपसभापति
विश्वप्रकाश शर्मा
पुष्पा भुसाल
महामन्त्री
प्रदीप पौडेल
गुरुराज घिमिरे
सहमहामन्त्री
डा. डिला सङ्ग्रौला पन्त (महिला)
प्रकाश रसाइली स्नेही (दलित)
बहादुरसिंह लामा (आदिवासी जनजाति)
उदयशम्शेर राणा (खसआर्य)
मुक्ताकुमारी यादव (मधेसी)
फर्मुल्ला मन्सुर (मुस्लिम)
योगेन्द्र चौधरी (थारू)
कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र)


केन्द्रीय सदस्य (खुला – ३५) :
गोपालमान श्रेष्ठ, ओमकारप्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी, अर्जुनप्रसाद जोशी, सुरेशकुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्ज्वल बराल, जनक गिरी, देवप्रसाद तिमिल्सिना, जयबाबु सिवाकोटी, प्रेमबहादुर खड्का, जयराम लामिछाने, वसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाईं, डा. केदारनरसिंह केसी, विदुर बस्नेत, तीर्थजङ्ग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह ।


केन्द्रीय सदस्य (महिला खुला – ९) :
चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउँद ऐर र दिलकुमारी राई ।


प्रदेशतर्फ केन्द्रीय सदस्य :
कोशी प्रदेश :
शारदादेवी कोइराला
हिमालय कर्माचार्य
अग्नि पौडेल
मधेस प्रदेश
मधु शाही
रामानन्द यादव
बजरङ्ग नेपाली


बागमती प्रदेश :
उमा दाहाल
जितनारायण श्रेष्ठ
रमेश धमला
गण्डकी प्रदेश :
विष्णुदेवी पाण्डे
रेशम बानियाँ
कृष्ण केसी
लुम्बिनी प्रदेश :
पवित्राकुमारी अर्याल
केशव आचार्य
रामबहादुर कार्की
कर्णाली प्रदेश
रमादेवी खड्का
दिक्पाल शाही
नारायण भट्टराई


सुदूरपश्चिम प्रदेश :
निपा चोख्याल
हिमबहादुर रावल
नरेन्द्रप्रसाद भट्ट
समावेशी समूहअन्तर्गत केन्द्रीय सदस्य :
अपाङ्गता
प्रकाश पन्त
अल्पसङ्ख्यक :
शिवनारायण सिंह गनगाई
दलित :
मैकुलाल बाल्मिकी
शिवबहादुर सुनार
धर्म नेपाली दर्जी
सूर्य विक
दिनेश सुनार
आदिवासी जनजाति (महिला) :
सपना राजभण्डारी
प्रमिला राई
मनकुमारी गुरुङ
कुशुमदेवी थापा मगर
लीलादेवी बोखिम लिम्बू
डा. अमिता प्रधान
छोन्दुल्होम शेर्पा
आदिवासी जनजाति (खुला) :
तारामान गुरुङ
अष्टकुमार कवे
छन्दबहादुर पहराइ मगर
नगेन्द्र कुमाल
शम्भुलाल श्रेष्ठ
भीम श्रीष
नरेन्द्र केरुङ
दिपेन श्रेष्ठ
खसआर्य (महिला) :
उमा सिवाकोटी
बाला अधिकारी
मुना भुसाल
इन्दिरा कार्की
विनिता खड्का
सम्झना खत्री
खसआर्य (खुला) :
विजय स्वार
मथुरा घिमिरे
जगदीशचन्द्र उपाध्याय
विष्णुकुमार कार्की
विश्वनाथ रिजाल
केशव भेटुवाल
कमल भुसाल
मधेसी (महिला)
अञ्जु झा
चन्द्रकलाकुमारी यादव
गोमा अन्सारी
निलम साह
मधेसी (खुला) :
रामपल्टन शाह
नागेन्द्र शाह
राधेश्याम पाठक
सनिलकुमार यादव
रामरुप प्रसाद
मुस्लिम :
सनम बेगम (महिला)
अब्दुल रज्जाक गद्दी
अब्दुल सत्तार
थारू :
नवोदिता चौधरी (महिला)
सुनिता राना (महिला)
सुरेन्द्रप्रसाद चौधरी
गोपाल दहित
पिछडिएको क्षेत्र :
दीपकजङ्ग शाह
विशेष महाधिवेशनबाट चयन भएको यो नयाँ केन्द्रीय कार्यसमितिले कांग्रेसलाई गुटबन्दी र आन्तरिक द्वन्द्वबाट मुक्त गर्दै संगठन सुदृढीकरण र राजनीतिक पुनर्जागरणको दिशामा अघि बढाउने अपेक्षा गरिएको छ ।


नवनिर्वाचित सभापति थापाले आजै निर्वाचन समितिका संयोजक केसीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आजै दिउँसो आयोजना गरिएको निर्वाचन समितिले जनाएको छ । विशेष महाधिवेशनबाट आएको यो नयाँ नेतृत्वलाई कांग्रेसभित्रको आन्तरिक द्वन्द्व अन्त्य गर्दै संगठन पुनर्जागरणको दिशामा अघि बढाउने ठूलो चुनौती र अवसर दुवैका रूपमा हेरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button