हेडलाईनसमाचारगण्डकी

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा खनाल

प्रहार समाचार । तनहुँ, २६ पुस २०८२ शनिबार । नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासङ्घ गण्डकी प्रदेशले अध्यक्षमा प्रदीप खनाल सर्वसम्मत निर्वाचित भएका छन् । आज दमौलीमा सम्पन्न सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट प्रदीप खनालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो ।

अधिवेशनले महा संघको वरिष्ठ उपाध्यक्षमा ठाकुर प्रसाद शर्मा, उपाध्यक्षमा रामचन्द्र सापकोटा, सचिवमा सुरेन्द्र बास्तोला, कोषाध्यक्षमा भागवत अर्याल, सह–सचिवमा रमेश पौडेल तथा लेखा संयोजकमा चुडामणी लुईटेल चयन गरेको छ । त्यस्तै लेखा समिति संयोजकमा चुडामणि लुइटेल तथा कार्यसमिति सदस्यहरूमा प्रतापसिंह अधिकारी, किशोर सापकोटा, टिकाराम अधिकारी, गोविन्द अधिकारी, रूपबहादुर के.सी., नवराज पौडेल, मिनबहादुर थापा, सुष्मा श्रेष्ठ, सुरेन्द्र पौडेल, शान्ती पाण्डे, रामप्रसाद भट्टराई, दामोदर मिश्र, रामप्रसाद भुषाल र रमेशप्रसाद भुर्तेल चयन भएका छन् । ह


नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूले पुस्तक तथा स्टेशनरी व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको प्रवर्द्धन, मर्यादित व्यवसायिक अभ्यास र गण्डकी प्रदेशभर यस क्षेत्रलाई थप व्यवस्थित र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले नीति निर्माण तहसँग समन्वय गर्दै व्यवसायीमैत्री वातावरण निर्माणमा महासङ्घले सक्रिय भूमिका खेल्ने जनाएका छन्।


यसअघि अधिवेशनको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुस्तक तथा स्टेशनरी व्यवसाय शैक्षिक विकाससँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा राज्य र स्थानीय तहको सहकार्य आवश्यक रहेको बताए। उनले व्यवसायीहरूको अनुभव र सुझावलाई नीतिगत तहमा समेट्न पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्थानीय स्तरमा व्यवसायिक वातावरण सुधार, साना तथा मझौला व्यवसायीको संरक्षण र उद्यमशीलता प्रवर्द्धनमा नगरपालिकाले ध्यान दिने बताए। उनले शिक्षा र व्यवसायबीचको सम्बन्धलाई बलियो बनाउनु समयको आवश्यकता भएकोमा जोड दिए।


महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट आएका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। क सो अवसरमा अग्रज पुस्तक तथा स्टेशनरी व्यवसायीहरूलाई सम्मान गरिनुका साथै महासङ्घको भावी कार्यदिशाबारे समेत छलफल गरिएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button