हेडलाईनसमाचारगण्डकीविजनेस

तनहुँको दमौलीमा एसआरएम ई–कार्गो भ्यान प्रदर्शन

प्रहार समाचार । तनहुँ, २६ पुस २०८२ शनिबार । “अगाडि बढौँ, प्रदूषण हटाउँ” अभियानअन्तर्गत एसआरएम ब्रान्डका विद्युतीय कार्गो भ्यानहरुको तनहुँको व्यास नगरपालिका वडा ४ सिमलटारमा रहेको दरवार पार्टी प्यालेसमा गरिएको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको अवसर पारेर उक्त प्रदर्शन गरिएको हो।

प्रदर्शन कार्यक्रममा वातावरणमैत्री दुवानीका विकल्पबारे विशेष चर्चा गरिएको थियो । पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि. पोखरा शाखाद्वारा प्रस्तुत गरिएको एसआरएम ई–कार्गो भ्यान एक पटक फूल चार्ज गरेपछि ३ सय किलोमिटरसम्म चल्ने क्षमता रहेको कम्पनीका प्रडक्ट हेड तरुण अग्रवालले जानकारी दिए। उनका अनुसार भ्यान ५ सिटर र २ सिटर गरी दुई भेरियन्टमा उपलब्ध छन्, जुन साना तथा मझौला व्यवसायी, पुस्तक तथा स्टेशनरी ढुवानी, विवाह–पार्टी व्यवस्थापन, औषधि ढुवानी व्यावसायी, पुस्तक तथा मोवाइलका सामाग्री वितरक तथा दैनिक उपभोग्य वस्तुहरुको सहज तथा अन्य दुवानी व्यवसायका लागि उपयोगी मानिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रदर्शनीको अवलोकन गर्दै विद्युतीय सवारी साधनप्रति उत्सुकता व्यक्त गरे। उनले वातावरण संरक्षण र दिगो शहरी यातायातका लागि ईभी प्रविधि महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रदूषण न्यूनीकरण र स्वदेशमै विद्युतीय सवारीको प्रयोग विस्तारमा जोड दिनुपर्ने बताए ।

उक्त म्यानको प्राविधिक विशेषताबारे जानकारी दिँदै प्रडक्ट हेड अग्रवालले उकालोमा ब्रेक नलगाई दुई मिनेटसम्म रोक्न सक्ने, ओरालोमा अटो–चार्ज हुने प्रणाली, एसी र हिटर जस्ता सुविधा रहेको जानकारी दिए । फास्ट चार्जिङ गर्दा ४५ मिनेटमा नै फूल चार्ज हुने पनि उनले जानकारी दिए । व्याट्रिमा ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटर (जुन पहिले आउँछ) र मोटरमा ५ वर्ष वा २ लाख किलो मिटर सम्मको वारेन्टि रहेको जनाइएको छ । आगलागी सुरक्षाका हिसाबले पनि पेट्रोल तथा डिजेल गाडीको तुलनामा विद्युतीय गाडी अझ सुरक्षित रहेको उग्रवालले उल्लेख गरे ।

उक्त अवसरमा गण्डकी प्रदेशभरका पुस्तक तथा स्टेशनरी व्यवसायीहरूले प्रदर्शनीमा राखिएका विद्युतीय गाडीको अवलोकन गर्दै कम सञ्चालन खर्च, वातावरणमैत्री प्रविधि र व्यवसायमैत्री सुविधाका कारण ई–कार्गो भ्यानप्रति चासो व्यक्त गरेका थिए। अधिवेशनको माहोलमै गरिएको यो प्रदर्शनले व्यवसायिक दुवानीलाई हरित प्रविधितर्फ डोर्याउने र प्रदूषणमुक्त यातायातको सन्देश प्रवाह गर्न योगदान पुर्‍याएको सहभागीहरूको भनाइ छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button