हेडलाईनव्याससमाचारगण्डकीनगरपालिका /गाउँपालिका

उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सभापतिमा श्रेष्ठ विजयी

प्रहार समाचार । तनहुँ, २३ पुस २०८२ बुधबार । तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गतको दमौली बजार इकाईको नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ । आज राति सम्पन्न मतगणनाअनुसार इकाई सभापतिमा शेषराज श्रेष्ठ विजयी भएका छन् ।

कुल खसेको ४ सय २२ मतमध्ये श्रेष्ठले २ सय ३५ मत प्राप्त गर्न सफल भए । सभापतिका प्रतिस्पर्धी अन्जु दाहालले १ सय ८१ मत प्राप्त गरिन् । ६ सय ५२ मतदाता रहेको इकाईमा उल्लेख्य मत खस्नुले बजार व्यवसायीको सक्रिय सहभागिता र नेतृत्वप्रतिको चासो प्रस्ट देखिएको छ । निर्वाचनमार्फत आएको यो नतिजालाई व्यवसायी समुदायले नयाँ ऊर्जा र अपेक्षाका रूपमा लिएका छन् ।


यसैबीच, उपसभापतिमा नारायण मल्ल र कोषाध्यक्षमा युवराज भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै, इकाई सदस्यहरूमा अलि मिया, बलराम वाग्ले, दीपक राई, गोविन्द बराली, मिलनराज न्यौपाने, नविन पुरी, नारायण सापकोटा, पूर्णबहादुर विक, पुरुषोत्तम पौडेल, प्रेमकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजु गोशली, सुनिल अधिकारी र सुमिन मल्ल सर्वसम्मत चयन भएका छन् ।


नवनिर्वाचित नेतृत्वले दमौली बजारको व्यवसायिक हित, एकता र समन्वयलाई प्राथमिकतामा राख्दै काम गर्ने अपेक्षा गरिएको छ । व्यवसायीहरूले अबको कार्यकालमा बजार व्यवस्थापन, व्यापार प्रवर्द्धन र साझा समस्याको समाधानमा इकाईले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button