प्रहार समाचार । तनहुँ, २३ पुस २०८१ बुधबार । तनहुँको व्यास नगरपालिका–१ मा रहेको भद्रु सामुदायिक वनले स्थानिय शारीरिक अपाङ्गता भएका राजेन्द्र नेपालीलाई एक थान ह्वीलचियर प्रदान गरिएको छ। व्यास–१ मोहोरिया टार निवासी चेलीमाया नेपालीका छोरा राजेन्द्रलाई दैनिक जीवन सहज बनाउने उद्देश्यले आज उक्त सहयोग उपलब्ध गराइएको हो।

कार्यक्रममा अध्यक्ष बनका अध्यक्ष चिन बहादुर भण्डारीले समाजका कमजोर तथा असहाय वर्गप्रति जिम्मेवार बन्नु सबैको साझा दायित्व भएको बताए। उनले यस्ता मानवीय कार्यले समुदायमा सकारात्मक सन्देश जाने उल्लेख गर्दै वनको तर्कबाट गरिएको सानो सहयोगले राजेन्द्रलाई ठूलो राहत मिल्ने उल्लेख गरे । क पूर्व जनप्रतिनिधि राधिका पन्थले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहानुभूति मात्र होइन, व्यवहारिक सहयोग आवश्यक रहेको बताइन्। उनले समुदायस्तरबाट गरिने साना सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्नेमा जोड दिइन् ।

त्यसैगरी सल्लाहाकार रामजी पन्थले सामुदायिक वनले वातावरण संरक्षणसँगै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको उल्लेख गरे। कार्यसमितिको बैठकबाट निर्णय पारित गरी ह्वीलचियर प्रदान गरिएको जनाउँदै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई प्राथमिकता दिइने बताए। ह्वीलचियर सहयोगले बालक राजेन्द्रको दैनिकीमा सहजता आउने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।

























