हेडलाईनसमाचारप्रदेश

राष्ट्रियसभा निर्वाचनको औपचारिक प्रक्रिया तीव्र, आज उम्मेदवार मनोनयन

प्रहार समाचार । काठमाडौँ, २३ पुस २०८२ बुधबार ।राष्ट्रियसभामा रिक्त हुन लागेका १८ सदस्यको पदपूर्तिका लागि निर्वाचन आयोगले आज उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरेको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म देशभर मनोनयन दर्ता हुने आयोगले जनाएको छ। राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ ११ गते हुनेछ।

आयोगले यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरी दाबी–विरोधको प्रक्रिया पूरा गरिसकेको छ। निर्वाचन तालिकाअनुसार पुस २४ गते उजुरी दिने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा सोही दिन अन्तिम नामावली सार्वजनिक गरिनेछ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।


माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। राष्ट्रियसभामा फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुने भएकाले निर्वाचन प्रक्रिया समयमै अघि बढाइएको हो। प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष यस निर्वाचनका मतदाता रहनेछन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button