हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको आदिकवि र गोरखाको द्रव्यशाह क्याम्पसबिच गुणस्त कायम गर्ने बारे अन्तरक्रिया

प्रहार समाचार । तनहुँ, २२ पुस २०८२ मङ्गलबार । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस र गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पस अनुभव आदान–प्रदान र संस्थागत सिकाइलाई सुदृढ गर्ने उद्देश्यसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आदिकवि भानुभक्त क्याम्पस र द्रव्य शाह बहुमुखी क्याम्पसका असल अभ्यास’ विषयमा आयोजित उक्त कार्यक्रमले पब्लिक क्याम्पसहरू गुणस्तरीय शिक्षाको दिशामा सहकार्यमार्फत अघि बढ्न सक्ने सन्देश दिएको छ। कार्यक्रम आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको हो। अन्तरक्रियामा दुवै क्याम्पसले हालसम्म अवलम्बन गर्दै आएका शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय असल अभ्यासबारे खुलेर छलफल गरेका थिए। सहभागीहरूले स्थानीय जनसमुदायको अपनत्वमा सञ्चालित पब्लिक क्याम्पसहरू पनि गुणस्तर सुनिश्चितता र प्रत्ययन प्रक्रियामा अब्बल बन्न सक्ने अनुभव साटासाट गरिएको क्याम्पसले जनाएको छ ।

कार्यक्रममा द्रव्य शाह बहुमुखी क्याम्पस, गोर्खाका भ्रमण टोली संयोजक तथा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष मोहनप्रकाश पोखरेलले पब्लिक क्याम्पसहरूबीच यस्तो खालको नियमित अन्तरक्रियाले गुणस्तर सुधार, शैक्षिक नवप्रवर्तन र संस्थागत विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। स्वागत मन्तव्य आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीले राखेका थिए।


अन्तरक्रियाका क्रममा दुवै क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्ययन (क्युए) प्रमाणपत्र हासिल गरिसकेको तथ्य प्रस्तुत गरिएको थियो। साथै, द्रव्य शाह बहुमुखी क्याम्पसले क्युए प्रत्ययनको दोस्रो चक्रका लागि तयारी गरिरहेको जानकारी दिइएको थियो। दुई क्याम्पसबीच यसअघि नै संस्थागत सहकार्यको सम्झौता भइसकेको उल्लेख गर्दै, त्यसलाई व्यवहारमा उतार्न यस्ता कार्यक्रम उपयोगी हुने निष्कर्ष निकालिएको छ।


कार्यक्रममा द्रव्य शाह बहुमुखी क्याम्पसका प्रमुख एकदेव अधिकारी र आदिकवि भानुभक्त क्याम्पसका आइक्यूएसी प्रमुख बिमल गिरीले आ–आफ्नो क्याम्पसमा लागू गरिएका असल अभ्यासबारे प्रस्तुतीकरण गरेका थिए। शैक्षिक गुणस्तर, आन्तरिक मूल्याङ्कन, प्रशासनिक पारदर्शिता र प्रविधिको प्रयोगजस्ता विषयमा छलफल केन्द्रित थियो।

अन्त्यमा दुई क्याम्पसबीच मायाको चिनो आदान–प्रदान गरिएको कार्यक्रमको सहजीकरण आदिकवि भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीले गरेका थिए। सहभागीहरूले भविष्यमा पनि पब्लिक क्याम्पसहरूबीच सहकार्य र अनुभव आदान–प्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button