हेडलाईनव्याससमाचारगण्डकी

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको नेतृत्वका लागि चुनावी चहलपहल तीव्र : श्रेष्ठ द्वय र दाहल चुनाबी मैदानमा

प्रहार समाचार । तनहुँ, २२ पुस २०८२ मङ्गलबार । तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गतको दमौली बजार इकाईको नयाँ नेतृत्व चयन प्रक्रिया चुनावी सरगर्मीबीच अगाडि बढेको छ। मनोनयन दर्ता सम्पन्न भएसँगै सभापति पदमा त्रिपक्षीय प्रतिस्पर्धा देखिँदा यसपटकको निर्वाचनलाई चासोका साथ हेरिएको छ। तस्बिर : प्रहार अनलाईन मिडिया ।

सभापति पदका लागि हाल कार्यवाहक सभापति रहेका शेषराज श्रेष्ठ, वर्तमान सचिव अञ्जु दाहाल र अघिल्लो कार्यकालमा प्रतिस्पर्धा गरिसकेका बिन्दुकुमार श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्। अनुभव, निरन्तरता र परिवर्तनको एजेन्डासहित तीनै उम्मेदवारले आ–आफ्नो दाबी प्रस्तुत गर्दा बजार इकाईको नेतृत्व कसको हातमा जाने भन्ने प्रश्न खुला बनेको छ।


अन्य पदहरूमा पनि प्रतिस्पर्धा कम छैन। उपसभापति पदका लागि इन्द्रलाल श्रेष्ठ, नारायण मल्ल र ठाकुरप्रसाद पौडेलबीच कडा टक्कर हुने संकेत देखिएको छ भने कोषाध्यक्ष पदमा युवराज भण्डारी र राजेन मियाबीच प्रत्यक्ष प्रतिस्पर्धा तय भएको छ ।


यसैबीच, जिल्ला प्रतिनिधिका रूपमा भरतकुमार श्रेष्ठ, ब्रजेश साह, किनकुमार श्रेष्ठ, रमेशकुमार श्रेष्ठ र मोहम्मद सलिम मियाको चयन भइसकेको निर्वाचन समितिले जनाएको छ।
बजार व्यवसायीहरूको हित, व्यवस्थापन र दमौली बजारको समग्र विकासका मुद्दालाई केन्द्रमा राखेर उम्मेदवारहरू चुनावी प्रचारमा जुट्दै जाँदा दमौली बजार इकाईको आगामी नेतृत्व चयन प्रक्रिया थप रोचक बन्ने देखिएको छ। अध्यक्षका प्रत्यासी श्रेष्ठ द्वय र दाहल सङ्ग गरिएको कुराकारी प्रहार अनलाईन मिडियाको अधिकारिक फेसबुक पेज prahaar samachar मा हेर्न सकिने छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button