हेडलाईनसमाचारप्रदेश

जेन्जी अगुवा मिराज ढुङ्गाना र मेयर बालेनको भेट

प्रहार समाचार । काठमाडौँ, १६ पुस २०८२ बुधबार । जेन्जी अगुवा मिराज ढुङ्गानाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग आज भेटघाट गरेका छन्। भेटलाई सामान्य शुभेच्छा आदान–प्रदानमा सीमित नराखी उनले समसामयिक र नीतिगत विषयमा प्रश्न उठाएको संकेत दिएका छन्।

ढुङ्गानाले सामाजिक सञ्जालमार्फत मेयर शाहसँगको भेटबारे जानकारी दिँदै शुभकामना व्यक्त गर्नुका साथै केही महत्वपूर्ण प्रश्नहरू राखिएको उल्लेख गरेका छन्। यद्यपि ती प्रश्नहरूको विषयवस्तु सार्वजनिक नगरिए पनि युवाको सरोकार, रास्वपामा मेयर शाह गएपछिको आशा, शहरी व्यवस्थापन र शासनप्रणालीसँग जोडिएका मुद्दाहरु तथा जेन्जी आन्होलनका क्रममा घाइतेहरुको विषयमा कुराहरु भएको विश्लेषण गरिएको छ।


जेन्जी प्रतिनिधि ढुङ्गानाको यो भेटलाई युवा पुस्ताको आवाज वर्तमान सरकारसम्म पुर्‍याउने प्रयासका रूपमा हेरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button