हेडलाईनव्याससमाचारगण्डकीमनोरञ्जन

दमौलीमा ठाडोभाका संरक्षणको पहल : तीन दिने प्रशिक्षण हुने

प्रहार समाचार । तनहुँ, १४ पुस २०८२ सोमबार । लोकसंस्कृति संरक्षण र नयाँ पुस्तामा मौलिक गायन शैली हस्तान्तरण गर्ने उद्देश्यले व्यास नगर प्रज्ञा प्रतिष्ठान, दमौली, तनहुँको आयोजनामा ठाडोभाका लोकगीत प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ।

‘लोक संस्कृतिको उत्थान एवम् संरक्षण- हाम्रो अभियान” भन्ने नाराका साथ यही पौष १७ गतेदेखि १९ गतेसम्म दमौली सभाहलमा प्रशिक्षण सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ।उक्त प्रशिक्षण कार्यक्रममा बुद्धिमान दुरा (धम्पु) प्रमुख प्रशिक्षकका रूपमा र सहायक प्रशिक्षकमा सिता दुरा रहने छन्। कार्यक्रमको दुरा सेवा समाज जिल्ला कार्यसमिति, तनहुँले सहजीकरण गर्नेछ । यसका साथै प्राविधिक सहयोगमा ठाडो भाका लोककला प्रतिष्ठान नेपालको भूमिका रहने छ । उक्त कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति, तनहुँको सह–आयोजनामा हुने छ । क


व्यास नगरपालिकाभित्र बसोबास गर्ने सबै जातजाति तथा समुदायका इच्छुक व्यक्तिहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त प्रशिक्षणमा ठाडोभाका लोकगीतको सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिनेछ। लोपोन्मुख बन्दै गएको ठाडोभाकालाई जीवन्त राख्न र स्थानीय प्रतिभा उत्पादन गर्न यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

कार्यक्रमबारे जानकारी दिँदै प्राज्ञ देवीबहादुर बस्नेतले सहभागी हुन चाहने व्यक्तिले २०८२ साल पौष १६ गते अपरान्ह ४ बजेसम्म व्यास नगर प्रज्ञा प्रतिष्ठानमा सम्पर्क राख्न आग्रह गरेको छ। स व्यास नगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव केदार आचार्यका अनुसार यस किसिमका सांस्कृतिक कार्यक्रमले स्थानीय पहिचान सुदृढ गर्नुका साथै भावी पुस्तालाई मौलिक संस्कृतिसँग जोड्ने विश्वास लिइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button