हेडलाईनव्याससमाचारगण्डकीविजनेस

१३ वर्षदेखि दमौलीमा आँखाको भरोसा बन्दै ‘न्यू पाण्डे चस्मा घर’

प्रहार समाचार । तनहुँ, १४ पुस २०८१ सोमबार । तनहुँको व्यास नगरपालिका–२, दमौलीस्थित ग्रिनसिटी टोलमा सञ्चालनमा रहेको न्यू पाण्डे चस्मा घर विगत १३ वर्षदेखि दमौली र आसपासका क्षेत्रका नागरिकका लागि आँखाको उपचार तथा चस्मा सेवाको भरपर्दो केन्द्र बन्दै आएको छ।

प्रो. कपिल पाण्डे तथा कल्पना पाण्डेको संयुक्त पहलमा सुरु भएको यस चस्मा घरमा दक्ष तथा अनुभवी प्राविधिकमार्फत दैनिक आँखाको जाँच (Eye Check-up) गरिँदै आएको छ। अत्याधुनिक प्रविधिको प्रयोग गरी गरिने परीक्षणपछि डाक्टरको सिफारिस (पूर्जा) अनुसार चस्मा तयार गरिने व्यवस्था रहेको कपिल पाण्डेले जानकारी दिए ।


दमौलीको भोर्लेटार चोकबाट गणेशमान चोक जाने बाटोमा पर्ने ग्रिनसिटि टोलमा रहेको न्यू पाण्डे चस्मा घरमा सबै प्रकारका स्तरिय तथा गुणस्तरीय चस्मा उपलब्ध गराइँदै आएको छ। सामान्य चस्मादेखि विशेष आवश्यकताका लेन्ससम्म यहाँ सहज रूपमा पाइने ग्राहकहरू बताउँछन्।


संस्थापक प्रो. कपिल पाण्डे भन्छन् – ‘ग्राहकको आँखाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गुणस्तरीय सेवा दिनु नै पसलको मुख्य उद्देश्य हो।’ त्यसैगरी श्रीमति कल्पना पाण्डेले विगत १३ वर्षदेखि निरन्तर ग्राहक सेवा र विश्वास निर्माणमा आफू समर्पित रहँदै आएको बताइन् ।


स्थानीयस्तरमै गुणस्तरीय आँखा जाँच र चस्मा सेवा उपलब्ध गराउँदै आएको न्यू पाण्डे चस्मा घरले स्वास्थ्य सेवा क्षेत्रमा निजी क्षेत्रको योगदानलाई समेत उजागर गरेको छ। निरन्तरता, विश्वास र सेवामुखी भावनाले यस संस्थालाई दमौलीमा चिनिएको नाम बनेको स्थानीयहरूको भनाइ छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button