हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

उज्यालो नेपाल पार्टीको तनहुँको संयोजकमा गिरी, प्रदेश युवा संयोजकमा राना चयन

प्रहार समाचार । तनहुँ, ११ पुस २०८२ शुक्रबार । उज्यालो नेपाल पार्टीले तनहुँ जिल्लाको संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै नयाँ नेतृत्व चयन गरेको छ । आज दमौलीमा सम्पन्न पार्टीको जिल्ला भेलाले व्यास नगरपालिका–४, दमौली निवासी अजय गिरीलाई तनहुँ जिल्ला संयोजकको जिम्मेवारी सुम्पिएको हो ।

 


भेलाबाटै पार्टीको गण्डकी प्रदेश युवा संयोजकमा मन्जिल राना चयन भएका छन् । पार्टीभित्र युवाको सक्रिय सहभागिता र संगठन विस्तारमा योगदान पुर्‍याउने उद्देश्यसहित नयाँ जिम्मेवारी तोकिएको नेताहरूले बताएका छन् ।


नवनिर्वाचित संयोजकद्वयलाई उज्यालो नेपाल पार्टीका गण्डकी प्रदेश संयोजक मनराज गुरुङ, केन्द्रीय सदस्य गुणराज ढकाललगायत नेताहरूले बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा वक्ताहरूले पार्टीलाई स्थानीय तहसम्म मजबुत बनाउँदै जनमुखी राजनीतिमा अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याएका थिए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button