Uncategorized

पुरानो अनुहार कि नयाँ नतिजा: अबको रोजाइ तनहुँको भविष्य!

नेपालको राजनीति अहिले एक ऐतिहासिक संक्रमणकालमा छ। नागरिकहरू व्यवस्था फेरिए पनि अवस्था नफेरिएकोमा आक्रोशित छन्। यो आक्रोशको प्रतिध्वनि तनहुँका गाउँ–बस्ती र चौतारीहरूमा पनि सुन्न थालिएको छ। दशकौँदेखि तनहुँको नेतृत्व केही सिमित र पुरानै अनुहारहरूको वरिपरि घुमिरह्यो, तर विकासको गति भने उही कछुवा हिँडालमै सीमित रह्यो। यसै पृष्ठभूमिमा एउटा गम्भीर प्रश्न उठेको छ।के हामी सधैँ एउटै अनुहार र उही असफल कार्यशैलीलाई दोहोर्‍याइरहने कि परिवर्तनको साहस गर्ने?

तनहुँले राजनीतिमा ठुला कदका नेताहरू नपाएको होइन। तर, केन्द्रमा शक्ति अभ्यास गरिरहँदा जिल्लाको भुइँतहका समस्याहरू जस्ताको तस्तै रहे। खानेपानीको हाहाकार, जीर्ण सडक, र कृषि उपजको बजार अभावले आम तनहुँबासी अझै पिल्सिएका छन्। पुराना नेताहरूसँग अनुभवको दुहाई त दिइन्छ, तर उनीहरूले आधुनिक समयका चुनौतीहरू– जस्तै प्रविधिमैत्री सुशासन, युवा स्वरोजगार र दिगो पूर्वाधार– लाई सम्बोधन गर्न सकेका छैनन्। अबको चुनाव केवल मान्छे छान्नका लागि मात्र होइन, बरु असफल कार्यशैलीलाई बिदाइ गर्नका लागि हुनुपर्छ।यस पटक तनहुँका मतदातासामु एउटा सुखद र आशालाग्दो विकल्प खडा भएको छ। राजनीतिलाई केवल भाषणको विषय होइन, बरु नतिजाको विज्ञान ठान्ने दुई सक्षम इन्जिनियरहरू मैदानमा छन्:

इन्जिनियर श्रीराम न्यौपाने (Hydro-power Engineer): ऊर्जा र जलस्रोतमा दक्ष न्यौपानेको आगमनले तनहुँको विकासमा नयाँ आयाम थप्न सक्छ। जलविद्युत् आयोजनाहरूलाई स्थानीयको लाभसँग कसरी जोड्ने र सिँचाइको उचित प्रबन्ध कसरी गर्ने भन्ने प्राविधिक योजना उहाँसँग छ। उहाँको विज्ञताले ‘अँध्यारो’ हटाउन मात्र होइन, जिल्लाको अर्थतन्त्रलाई ‘उज्यालो’ बनाउन मद्दत गर्नेछ।

इन्जिनियर दीपकराज जोशी (IT & Telecommunication Engineer): आजको डिजिटल युगमा प्रशासनलाई पारदर्शी र भ्रष्टाचारमुक्त बनाउन सूचना प्रविधिको ठुलो भूमिका हुन्छ। जोशीको प्राविधिक ज्ञानले सरकारी सेवालाई जनताको हात–हातमा पुर्‍याउने र युवाहरूका लागि स्थानीय स्तरमै प्रविधिमा आधारित रोजगारी सिर्जना गर्ने क्षमता राख्छ। त्यति मात्रै नभएर जोशीको सात्विक जीवन शैली राजनीतिमा चाइने आबस्यक आधार हो।

श्रीराम न्यौपाने र दीपकराज जोशी केवल नाम मात्र होइनन्, उनीहरू एउटा विचार र स्पष्ट ‘भिजन’ हुन्। पढेलेखेका, देश–विदेशको विकास मोडल बुझेका र आफ्नो व्यावसायिक करियर छोडेर जन्मभूमिको सेवामा होमिएका यी युवाहरूमा कुनै खराब दाग छैन। उनीहरूको राजनीति ‘आफन्त र नातावाद’ का लागि होइन, ‘नतिजा र नीति’ का लागि हो। जब नेतृत्वमा इमानदारिता र विज्ञता मिसिन्छ, तब मात्र विकासले सही दिशा पाउँछ।तनहुँले अब ‘को आयो?’ भन्दा पनि ‘कसले के गर्‍यो?’ भनेर प्रश्न गर्ने बेला आएको छ। यदि हामीले आफ्नै र आफ्ना सन्तानको भविष्य सुरक्षित देख्न चाहन्छौँ भने मतदान गर्दा दलीय मोहभन्दा माथि उठ्नुपर्छ। युवालाई जिताउनु भनेको केवल एउटा व्यक्तिलाई कुर्सीमा पुर्‍याउनु होइन, बरु एउटा नयाँ युगको सुरुवात गर्नु हो। तनहुँको भविष्य अब तपाईँको एउटा साहसिक निर्णयमा अडिएको छ।

परिवर्तन आफैँमा कठिन हुन्छ, तर यो अपरिहार्य छ। यदि हामीले सधैँ उही पुरानो बाटो रोज्यौँ भने पुग्ने ठाउँ पनि उही पुरानै सङ्कट हो। तर, यदि हामीले श्रीराम न्यौपाने र दीपकराज जोशी जस्ता ऊर्जावान् र विज्ञ र तनहुँ मा नै उम्रिएका युवाहरूलाई अवसर दियौँ भने तनहुँले पक्कै कोल्टे फेर्नेछ, तनहुँ फुल्ने छ। के हामी तनहुँबासी अब यो ऐतिहासिक परिवर्तनका लागि तयार छौँ?


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button