प्रहार समाचार । तनहुँ १० पुस २०८२ बिहीबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन आज सम्पन्न भएको छ।

अधिवेशनले दिपेन्द्र खनालको अध्यक्षतामा नयाँ वडा कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिको सचिवमा ऋशिराम उपाध्याय चयन भएका छन्। सदस्यहरूमा बबिन्द्र खनाल, विष्णुहरि मिश्र, कल्पना पाण्डे, लक्ष्मी मिश्र, आकाश सुनाम, सुमित्रा नेपाली, सुन्दर श्रेष्ठ र पुर्ण बहादुर थापामगर रहेका छन्।
त्यसैगरी सल्लाहकार समितिको संयोजकमा बलभद्र खनाल चयन भएका छन्। सल्लाहकार समितिका सदस्यहरूमा सूर्यचन्द्र लम्साल, होम नारायण श्रेष्ठ र विष्णु चन्द्र खनाल रहेका छन्। अधिवेशनपछि पार्टीको संगठन वडा तहमा थप सक्रिय बनाउने र जनसरोकारका विषयमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको व्यास नगर सभापति चूडामणी दाहालले जनाए ।



























