व्यासहेडलाईनसमाचारगण्डकी

तनहुँको सत्यवती माविको स्वर्ण जयन्ती : शिक्षकहरुलाई सम्मान

प्रहार समाचार । तनहुँ, ८ पुस २०८१ मंगलबार । तनहुँको व्यास नगर पालिका वडा नम्बर २, दमौलीमा रहेको सत्यवती माध्यमिक विद्यालयका शिक्षकहरुलाई सम्मान गरिएको छ।

विद्यालयको स्वर्ण जयन्तिका अबसरमा विद्यालयमा आयोजिक स्वर्ण जयन्ति समारोहमा शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याउने शिक्षकहरूलाई सम्मान गरिएको हो ।

व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश गिरी र प्रधानाध्यापक इन्द्रप्रसाद पौडेललगायतले संयुक्त रूपमा उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरेका हुन्।

कार्यक्रममा विशेषगरी आफ्ना विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल तथा बोर्ड परीक्षा र आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका शिक्षकहरूलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा पूर्व विद्यार्थी, अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। तनहुँ जिल्लाकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा चिनिँदै आएको सत्यवती माध्यमिक विद्यालयले निरन्तर रूपमा राष्ट्रिय स्तरमै उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button